५ आश्विन २०८१, शनिबार

नेकपा मकवानपुरद्वारा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी मकवानपुरद्वारा राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध जनप्रदर्शन गरेको छ । बागमती प्रदेशको राजधानी हेटौंडामा भएको कार्यक्रममा एमसीसी सम्झौता राष्ट्रघाती र जनघाती भएको भन्दै विरोध जनाएको हो ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य तथा पश्चिम नारायणी ब्युरो इन्चार्ज एटम सी, केन्द्रीय सदस्य तथा मकवानपुरका जिल्ला इन्चार्ज राम सी, वैकल्पिक केन्द्रिय सदस्य तथा १ नम्बर जिल्ला इन्चार्ज मिङमार सी, केन्द्रिय प्रतिनिधि समिति सदस्य तथा मकवानपुरका जिल्ला सेक्रेटरी सुर्य सीसहित अन्य नेता कार्यकर्ता तथा जनसमुदायको उपस्थिति रहेको छ ।

कार्यक्रमको सम्बोधन गर्दै नेकपाका पोलिट ब्युरो तथा पश्चिम नारायणी ब्युरो इन्चार्ज एटम सीले एमसीसीको नाममा अमेरिकी साम्राज्यवादी दलाल नेपाल भित्रिन खोजेको बताए । नेपाली भूभाग प्रयोग गरि चाइना र नेपालको सम्बन्धलाई रुस र युक्रेनको सम्बन्ध जस्तो बनाउन खोज्ने अमेरिकी साम्राज्यवाद हाम्रो देशमा छिर्नु सबै नेपालीको निम्ति दुर्भाग्यपूर्ण हुने बताए । त्यस्तै कार्यक्रममा नेकपा मालेका जिल्ला अध्यक्ष हरिकृष्ण अधिकारीले पनि आफ्नो विचार राख्दै एमसीसीको विरोध गरेका छन् ।

यसरी हेटौंडाको बुद्धचोकमा भएको विरोध प्रदर्शन तथा कोणसभा कार्यक्रमको सन्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय सचिवालय सदस्य तथा नारायणी ब्युरो इन्चार्ज विवेक सीले गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।