६ आश्विन २०८१, आईतवार

राष्ट्रघाती एमसीसीकाे विरुद्धमा जिल्लामा जाेडदार संघर्ष गर्ने नेकपा सल्यानकाे निर्णय

0

सल्यान: नेपाल कम्युनिस्ट पार्टी उत्तर जिल्ला समिति र दक्षिण जिल्ला समिति सल्यानकाे संयुक्त चाैथाे पूर्ण बैठक जिल्ला सदरमुकाम श्रीनगर बजारमा सम्पन्न भएको छ । पार्टीको नवाैं केन्द्रीय समितिकाे चाैथाे पूर्ण बैठक तथा राप्ती व्युराे समितिकाे दाेस्राे पूर्ण बैठकपछि बसेकाे संयुक्त जिल्लाकाे बैठकले जनसंघर्ष, पार्टी संगठन, राजनीतिक तथा वैचारिक काम, जनवर्गिय संगठन, आर्थिक लगायतका विभिन्न निर्णयहरु गरेको छ ।
संयुक्त जिल्ला समितिकाे चाैथाे पूर्ण बैठकमा पार्टीका केन्द्रीय सदस्य तथा दक्षिण जिल्ला इन्चार्ज अनिल खडका सी र केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर जिल्ला इन्चार्ज भीम भारती सीले राजनीतिक, वैचारिक तथा पार्टीकाे केन्द्रीय समितिले पारित गरेको दस्तावेजमा आधारित रहेर पार्टी प्रशिक्षण दिएका थिए ।
बैठकले गरेका निर्णयहरु
१) राष्ट्रघाती MCC काे विरुद्धमा जिल्लामा जाेडदार संघर्ष गर्ने ।
२) संगठन विस्तार गर्ने साे काे लागि, ‘सल्यानी जनताको सुखदुःखकाे साथी! नेपाल कम्युनिस्ट पार्टी !!’ नारा सहित जनएकता अभियानलाई निरन्तरता दिने ।
३) पालिकाहरुमा बैठकसहित राजनीतिक/वैचारिक पार्टी प्रशिक्षण गर्ने । पालिकाहरुमा समसामयिक विषयमा राजनीतिक अन्तरक्रिया गर्ने ।
३) भ्रष्टाचार, अनियमितता, बेथिति, महिला हिंसा, बैंक र लघुवित्तहरुकाे ज्यादतीका विरुद्धकाे संघर्षलाई निरन्तरता दिने ।
४) युवा संगठन, महिला संघ, राष्ट्रिय उद्योगले वाणिज्य महासंघ, श्रमिक समुदाय माेर्चा, ट्रेड युनियन महासंघ, किसान संघ, जनपत्रकार संगठन, मगर माेर्चा लगायत भ्रातृसंगठनहरुका जिल्लाभेला तथा सम्मेलन गर्ने ।
५) समाजवादी माेर्चाका कार्यक्रमहरुमा पहलकदमि लिने, सक्रिय सहभागीता जनाउने। समाजवादी माेर्चालाई जिल्लामा नेतृत्व प्रदान गर्ने ।
बैठकमा हालै पार्टीको केन्द्रीय प्रतिनिधि समिति सदस्य मनाेनित भएका हेमन्ता बुढाथोकी सीलाई स्वागत गरिएको थियो । बैठकमा दुवै जिल्ला समितिका सचिवालय सदस्यहरु, जिल्ला सदस्यहरु, पालिका इन्चार्ज र सचिवहरु, जिल्ला सल्लाहकार समितिका अध्यक्ष प्रदीप वली सी, सल्लाहकार सदस्यहरु लगायत उपस्थित रहेको सचिवालय सदस्य राजेन्द्र खडका सीले बताए ।


संयुक्त जिल्ला समितिकाे बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा उत्तर जिल्ला समिति सचिव मदन चन्द सीले बैठककाे अध्यक्षता गरेका थिए । बैठकमा केन्द्रीय प्रतिनिधि समिति सदस्य तथा दक्षिण जिल्ला समिति सचिव वीर बहादुर सीले संचालन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।