६ आश्विन २०८१, आईतवार

नेकपाका महासचिव विप्लव पुगे अनशनमा बसेका विद्यार्थी नेतालाई भेट्न पुल्चोक

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (IOE) पुल्चोकमा अनशनरत विद्यार्थी नेताहरुसँग भेट गरेका छन् ।
भेटमा अखिल (क्रान्तिकारी) का अध्यक्ष प्रकाश सीले IOE ले अनावश्यक शुल्क वृद्धि गरेको र त्यसपछि समाजवादी मोर्चा निकट विद्यार्थी संगठनहरुले चरणबद्ध संघर्ष गर्ने क्रममा शुल्क वृद्धि फिर्ता गराउन दबाबस्वरुप अनशन सुरु गरेको जानकारी गराएका थिए । साथै अध्यक्ष प्रकाश सीले अहिले इन्जिनियरिङ अध्ययन संस्थानका डीन लगायत जिम्मेवार व्यक्तिहरुले वार्ता संवादबारे कुनै चासो नदिएकोले तत्काल सरकारलाई खबर पुर्‍याइदिन सुझाव दिएका थिए ।यस्तै भेटमा नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) कि अध्यक्ष पञ्चा सिंहले IOE ले एकलौटी ढंगले सरोकारवाला निकायसँग कुनै छलफल नै नगरी शुल्क वृद्धि गरेको र त्यो शुल्क वृद्धि असान्दर्भिक, अस्वभाविक रहेको र यसको खारेजीको निम्ति समाजवादी मोर्चा नेपालले सहयोग गर्नुपर्ने सुझाव
दिएका थिए ।
भेटपछि नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले त्रि.वि इन्जिनियरिङ अध्ययन संस्थान श्रमजीवी जनताका छोराछोरीले अध्ययन गर्ने भरपर्दो सरकारी संस्थान भएकाले यसरी अस्वभाविक शुल्क वृद्धि गर्नु गलत भएको भन्दै आफुले शुल्क वृद्धिको आन्दोलनलाई नजिकबाट हेरिरहेको र विद्यार्थीको जायज मागलाई पूरा गर्न आफुले सक्दो सहयोग गर्ने बताए । महासचिव विप्लव सीले भोलि बिहान समाजवादी मोर्चा नेपालको बैठक बस्ने भएकोले बैठकमा यो विषयबारे गहन छलफल गर्ने आश्वासन दिएका थिए ।


उनले अनशनरत विद्यार्थी नेताहरुलाई उच्च मनोबलका साथ बस्न सुझाव दिएका थिए ।
त्रि.वि. इन्जिनियरिङ अध्ययन संस्थान (IOE) ले यहीँ श्रावण २५ गते स्नातक तह BE/B-Arch को शैक्षिक शुल्क ४४% अर्थात ३ लाख १८ हजारबाट वृद्धि गरेर ७ लाख ७५ हजार बनाउने निर्णय गरेको थियो ।
त्यसपछि उक्त निर्णय खारेज गर्नुपर्ने अर्थात IOE ले तत्काल वृद्धि गरेको शुल्क फिर्ता गर्नुपर्ने मागसहित समाजवादी मोर्चा नेपाल निकट ४ विद्यार्थी संगठनहरुले विभिन्न चरणबद्ध संघर्ष गर्दै आएका थिए ।


यहीँ भदाै १० गतेबाट इन्जिनियरिङ अध्ययन संस्थान (IOE) डीनको कार्यालय पुल्चोक ललितपुरमा समाजवादी निकट ४ विद्यार्थी संगठनहरु विप्लव नेकपा निकट अखिल (क्रान्तिकारी), नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी), नेकपा (एकीकृत समाजवादी) निकट अनेरास्ववियू,जनता समाजवादी पार्टी निकट समाजवादी विद्यार्थी युनियन नेपालका नेताहरुले आमरण अनशन सुरु गरेको अखिल (क्रान्तिकारी) का केन्द्रीय सचिवालय सदस्य तथा त्रि. वि. ब्यूरो इन्चार्ज अनिल सीले जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।