६ आश्विन २०८१, आईतवार

बालुवाटारमा समाजवादी माेर्चाकाे बैठक बस्दै, महत्त्वपूर्ण निर्णय गर्ने

0

काठमाडौं: समाजवादी माेर्चा, नेपालकाे बैठक आज बिहान बालुवाटारमा बस्दैछ । बैठकले महत्त्वपूर्ण निर्णयहरु गर्ने बुझिएको छ ।
भदौ १३ गते बुधबारदेखि अमेरिकी परियोजना एमसीसी लागू हुने प्रक्रिया औपचारिक रुपमा शुरु गर्ने तयारी हुँदैछ तर त्यस विषयमा भए-गरेका तयारीबारे सरकारले सरकारमा भएका दलहरूलाई नै औपचारिक जानकारी नगराएको बुझिएको छ । नेकपा (एस) का अध्यक्ष माधव कुमार नेपालले मंगलबार बुटवलमा सम्पन्न सन्देश सभामा त्यसको सङ्केत गरे । साेही कार्यक्रममा नेकपाका महासचिव विप्लव सीले एमसीसी कुनै हालतमा लागू गर्न नदिने घाेषणा गरे । एमसीसीकाे विरुद्ध देशव्यापी प्रतिरोध भैरहेकाेले उत्पन्न जनदबाबकाे कारण बुटवलको सन्देश सभामा प्रधानमन्त्री प्रचण्डले आफूले जनयुद्ध भन्दा ठूलाे देशभक्तिकाे लडाइँ लडिरहेको दाबी गर्दै भने ‘ब्याख्यात्मक घाेषणालाई सम्झौताकाे अंश बनाउने हाे वा हाेइन, म सिधा भाषामा राख्ने छु ।’

आज अर्थ मन्त्रालयकाे सुवर्णसभा कक्षमा एमसीसी लागू गर्ने सहमति पत्रमा एमसीसी र अर्थमन्त्रालयबिच हस्ताक्षर गर्ने कार्यक्रम छ । त्यसका लागि एमसीसीका उपाध्यक्ष क्यामरुम एस एलफाेर्ड काठमाडौं आइसकेका छन् । अमेरिकाले ब्याख्यात्मक घाेषणा साेझाे भाषामा स्वीकार नगरि हस्ताक्षर भयाे भने सरकारमा रहेका दलहरु र देशभक्त शक्तिहरुबिच विशाल ध्रुवीकरण हुनेछ । देश नयाँ द्वन्द्वतिर धकेलिने निश्चित छ । यसकाे संकेत विप्लव, किरण, आहुति र ऋषिराम कट्टेलकाे हिजोकाे संयुक्त विज्ञप्तिले गरिसकेको छ ।

यसैबिच एमसीए नेपालले एमसीसीबारे कार्यक्रम सार्वजनिक गरेकाे छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।