६ आश्विन २०८१, आईतवार

धनगढीको सन्देशसभा स्थगित

0

काठमाडौं: समाजवादी मोर्चा नेपालको आज बुधबार हुने भनिएको सन्देश सभा स्थगित भएको छ । आज विहान ७ः३० बजे बालुवाटारमा बसेको मोर्चाको अध्यक्ष मण्डलको बैठकले उक्त कार्यक्रम रोक्ने तर मोर्चा कायम नै रहने सहमति भएको हो ।
एमसीसी पारित गर्दा भएको ‘व्याख्यात्मक घोषणा’ को विषयमा आजसम्म अमेरिकी सरकार र एमसीसी परियोजनाको कार्यालय मौन बस्नु, जनदबाब बढ्दै गएपछि हिजो साँझ मात्र अमेरिकी दूतावासले मुख खोल्नु र सो सम्बन्धमा औपचारिक पत्र नलेख्नुले परिस्थिति थप जटिल देखिन्छ ।
सरकारी सुत्रले दिएको सूचना अनुसार सरकारले एमसीसी परियोजना कर्मचारी तहमा प्रवेश गरिसकेका कारण सरकारले चाहेर पनि रोक्न सक्ने स्थिति छैन । नेकपा केन्द्रीय कार्यालयले दिएको सूचना अनुसार ‘सरकारका जटिलता र व्यापक जनदबाब’को कारण सन्देश सभा रोक्नु पर्ने परिस्थिति बनेको हो ।
नेकपा महासचिव विप्लवले एमसीसी परियोजना कार्यान्वयन नरोकेसम्म सन्देश सभा लगायत कार्याक्रममा सहभागी नहुने बताएका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।