६ आश्विन २०८१, आईतवार

एमसीसीको खोल ओढेर साम्राज्यवाद आएको छ : शरद सी

0

बुटवल: एमसीसी परियोजना कार्यान्वयन विरुद्ध रुपन्देहीमा संयुक्त संघर्ष भएको छ । नेपाल कम्युनिस्ट पार्टी, क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा मशालले संयुक्त संघर्ष गरेको हो ।

सैनामैनाको मुर्गियामा जुलुस प्रदर्शनपछिको कोणसभालाई सम्बोधन गर्दै नेकपा केन्द्रीय सदस्य एवं रुपन्देही इन्चार्ज शरद सीले एमसीसीको खोल ओढेर साम्राज्यवाद आएको बताएका छन् । उनले अहिले साम्राज्यवाद र दलाल पुँजीवादविरुद्ध लड्नुपरेको बताउदै सरकारले एमसीसी कार्यान्वयनमा हस्ताक्षर गरेर गम्भीर गल्ती गरेको बताए । उनले साम्राज्यवाद र एमसीसीका दलालहरुलाई भियतनाम जस्तै नेपाली जनताले लखेट्नुपर्ने बताउँदै त्यसका लागि सम्पूर्ण देशभक्त र क्रान्तिकारीहरु एक हुनुपर्ने बताए ।

कार्यक्रममा क्रान्तिकारी कम्युनिस्ट पार्टीका नेता विक्रम नेपाली र नेकपा मशालका नेता बाबुराम आचार्यले एमसीसी परियोजना कार्यान्वयन गरेर सरकारले गम्भीर कमजोरी गरेको बताए । उनीहरुले आजको दिन इतिहासको कालो दिन भएको बताउँदै यसको खारेज नभएसम्म संघर्ष गर्ने बताए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।