९ कार्तिक २०८१, शुक्रबार

राष्ट्रघाती एमसीसी सम्झौता खारेजी विषयक अन्तरक्रिया कार्यक्रम नुवाकोटमा सम्पन्न

एमसीसी जबर्जस्ती कार्यन्वयन गर्न खोजिए ०५२ साल फर्किन सक्ने नेकपा नेता सुशीलको चेतावनी

0

नुवाकोट : नेपाल कम्युनिष्ट पार्टीक स्थायी समिति सदस्य सुशील सीले राष्ट्रघाती एमसीसी जबर्जस्ती कार्यन्वयन गर्न खाेजिए ०५२ साल फर्किन सक्ने चेतावनी दिएका छन् ।

नुवाकोटमा राष्ट्रघाती MCC सम्झौता खारेजी विषयक सरोकारवालाहरुसँगकाे अन्तरक्रिया कार्यक्रममा उनलेे एमसीसी जबर्जस्ती कार्यन्वयन गर्न खोजियो भने हेक्का रहोस् ०५२ साल फर्किन सक्छ भन्दै आक्रोश व्यक्त गरे ।

सोही कार्यक्रमका प्रमुख अथिति समेत रहेका नेकपा स्थायी समिति सदस्य सुशीलले कार्यक्रममा राष्ट्रघाती MCC परियोजना नेपाली जनताको  हितमा नभएको, अमेरिकाले MCC परियोजनामार्फत नेपाललाई नयाँ खालको उपनिवेश बनाउन खोजिरहेकाे बताए । MCC ले  देशलाई कसरी पराधिन बनाउँछ र देशलाई कसरी अस्थिर बनाउँछ भन्ने विषयमा बुँदागत उल्लेख गरेका थिए ।
कार्यक्रम  नेकपाका PBM तथा पश्चिम् ताम्सालिङ ब्युरो इन्चार्ज आजाद सीले कार्यपत्र वाचन गरेका थिए ।
कार्यक्रममा बाेल्ने वक्ताहरूले राष्ट्रघाती MCC देश र जनताको हितमा नरहेको र MCC खारेजी अभियानमा एक्येवद्द्ता रहने प्रतिबद्धता  जाहेर गरेका थिए । 

राष्ट्रघाती MCC परियोजना नेपालको हित विपरित लागूगर्ने चेस्टा गरे देशको राष्ट्रिय स्वाधीनता चाहने, राष्ट्रलाई माया गर्ने सम्पूर्ण देशभक्तहरु एकजुट भएर संघर्षमा उत्रिने बताए ।
कार्यक्रममा वामपन्थी बुद्धजीवि बिष्णु खड्का, नेकपाका केन्द्रिय सदस्य जिवन्त सी, नेकपाका केन्द्रिय सदस्य तथा रसुवा जिल्ला इन्चाज सागर सी, नेपाली काङ्ग्रेसका जिल्ला उपसभापति राजु थापा, नेकपा (माओवादी केन्द्र) का प्रदेश कमिटी सदस्य नारायण नेपाल, नेकपा एकीकृत समाजवादी केन्द्रिय परिषद सदस्य यम कुमार खाती ,क्रान्तिकारी कम्युनिष्ट पार्टीका प्रदेश सदस्य अर्जुनलाल श्रेष्ठ ,राप्रपा पार्टी जिल्ला सचिव महेश डङ्गोल,नेपाल समाजवादी जिल्ला अध्यक्ष भगवान राना मगर, नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य तथा रसुवा जिल्ला सेक्रेटरी शंकर सी, अखिल (क्रान्तिकारी) केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला संयोजक रोजि सीलगायत अतिथि थिए ।
कार्यक्रममा सभाअध्यक्षता ग्रहण गर्दै नेकपाका केन्द्रिय सदस्य तथा नुवाकोट जिल्ला इन्चार्ज निर्देश सीले देशमा MCC लागु गर्न नदिने भन्दै  यसको विरुद्ध आन्दोलन गर्न आवश्यक रहेको बताए ।


कार्यक्रममा उपस्थित सम्पूर्ण वक्ता, युवा, विद्यार्थी, पत्रकार, वामपन्थी बुद्धिजीवि, शिक्षक तथा कर्मचारीलाई नेकपा केन्द्रिय प्रतिनिधि सदस्य तथा नुवाकोट जिल्ला सेक्रेटरी संगम सीले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए  ।

कार्यक्रम संचालान नेकपाका केन्द्रिय प्रतिनिधि सदस्य सिर्जन सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।