९ कार्तिक २०८१, शुक्रबार

नवलपरासीमा अमेरिकी दलालहरू उग्र छन् : अनिल सी

0

नवलपरासी जिल्लाका प्रमुख जिल्ला अधिकारी
विश्वप्रकाश अर्याल (स्याङ्‌जा) र प्रहरी प्रमुख एसपी काजी आचार्यले MCC को पक्षमा अमेरिका भन्दा पनि चर्को दलाल बनेर उभिएको आरोप नेकपाका स्थायी समिति सदस्य अनिल सीले लगाएका छन् ।

भदाै १३ गते नेकपासहित ४ वटा पार्टीहरूले बर्द‌घाटमा आयोजना गरेको MCC विरुद्धको जनसभामा नवलपरासी प्रहरीले हस्तक्षेप गरेको थियो । MCC को विरुद्ध विरोध कार्यक्रम गर्न नदिनु भन्ने माथिको आदेश छ भन्दै हस्तक्षेप गरेको थियो। भदौ २२ गते भुमहीमा नेकपाले राखेको विचार गोष्ठी नगर्न र गर्न खोजे बल प्रयोग गरेर रोक्ने धम्की एसपी काजी आचार्यले दिएका थिए । सिडिओ विश्वप्रकाश अर्यालले MCC को विरुद्ध कार्यक्रम गर्न नदिनु भन्ने माथिको आदेश छ भनेका थिए । तर नेकपाले कार्यक्रम गरेरै छोड्ने र हस्तक्षेप भए दलाल प्रशासक र  MCC विरुद्ध दिउँसै मसाल जुलुस निकाल्ने धम्की दिएपछि प्रशासन पछि हटेको थियो । सो सम्बन्धमा बुझ्दा गृहमन्त्री नारायणकाजी श्रेष्ठको सचिवालयले शान्तिपूर्ण विरोध कार्यक्रममा अवरोध गर्ने सरकारको नीति नरहेको र त्यस प्रकारको निर्देशन नगरिएको बताएको छ । 

भदौ २२ गते नवलपरासी, भुमहीमा भएको गोष्ठीमा कार्यपत्र प्रस्तुत गर्दै नेता अनिल सीले MCC ले  प्रहरी, प्रशासन र केही दलाललाई खरिद गरेर देशभक्त धारको विरुद्ध प्रयोग गरेको आरोप लगाए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।