३ आश्विन २०८१, बिहीबार

नेकपा ललितपुर जिल्ला समितिको दोश्रो आवधिक योजनाको प्रथम पूर्ण बैठक सम्पन्न

0

काठमाडौं: नेकपा ललितपुर जिल्ला समितिको दोश्रो आवधिक योजनाको प्रथम पूर्ण बैठक सम्पन्न भएको छ ।
सोमबार ललितपुरको लगनखेलमा सम्पन्न बैठकले विभिन्न निर्णय गरेको छ ।

बैठकले जनआधारित पार्टी, जनआधारित नेता/कार्यकर्ता तथा आत्मनिर्भर पार्टी, आत्मनिर्भर देश भन्ने केन्द्रीय नीतिको आधारमा पार्टी निर्माण गर्ने, नेपाली जनताको दु:खका मुख्य दुई पहाड : दलाल संसदीय पुँजीवाद र भुमण्डलीकृत साम्राज्यवादको विरुद्ध बहुआयामिक मोर्चा खोल्दै जनसंघर्ष अगाडि बढाउने र नेपाली विशेषताको समाजवाद स्थापनाको तत्कालीन लक्ष्यमा पुग्न प्रगतिशील समाजवादका पक्षधर सबैसँग हातेमालो गर्ने, जिल्लामा स्वबासीहरुको समस्या, वित्तीय ज्यादती, मिटरव्याजी, सार्वजनिक सम्पदाको दोहन/ अतिक्रमण, सामाजिक विभेद, सार्वजनिक निर्माणमा भैरहेको अनियमितता, अवैध खानी, पर्यावरण विनाश र शिक्षा/स्वास्थ्य क्षेत्रको चर्को व्यापारीकरण जस्ता समस्याहरु नियन्त्रण गर्न चरणबद्ध जनसंघर्ष गर्ने लगायतका निर्णयहरु गरेको छ ।

बैठकमा प्रमुख अतिथि नेकपा पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सी, अतिथि ललितपुर जिल्ला इन्चार्ज विपिन सी रहेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।