३ आश्विन २०८१, बिहीबार

बाबुराम भट्टराईले ठिक भनेपनि म विरुद्ध छु

0

          नारायण नाँगिना (जनता समाजवादी पार्टी)

 

एमसीसीलाई सबै भन्दा पहिले नीतिगत सहमति जनाएको विषय अवधारणा पत्रमा उल्लेख छ । म त्यही पार्टीको अराजक कार्यकर्ता बनेको छु । एमसीसी मुदोवाद सबै नेपालीको मनोभाव हो । त्यसैले बाबुरामले ठिक भनेपनि मलाई ठिक लागेन । विकास परियोजना पहिले– पहिले संसदबाट पारित गर्नु नपर्ने अहिले गर्नुपर्ने किनरु एमसीसीको बजेट ५५ अर्बबाट ६१ अर्ब पुगेको छ । त्यसमा नेपालको योगदानको दायित्व २५ बाट २८ प्रतिशत पुगेको छ। एमसीसी हाम्रो लागि आएको होइन । चीन घेर्ने साधनको रुपमा आएको हो । त्यसमा भारत पछिपछि अमेरिकाको पछिपछि हो हो भन्दै हिडेको छ ।

सिरियामा रूस र अमेरिकाको लडाई छ । चीनले पनि हाम्रो समस्या हेर्दैन । मुर्ख आमा–बाबु झगडा गरे भने छोराछोरी पिट्छन् । चीन र अमेरिका लड्ने हामीलाई दुःख दिने भएको छ ।

समाजवादी मोर्चामा एउटै धारणा छैन । एमसीसी पारित गर्ने र विरोध गर्ने दुबै त्यसमा छन् । त्यसबाट हट्न म अनिल दाईमार्फत नेकपालाई अनुरोध गर्दछु ।

(२०८० भदौ २३ गते रुपन्देहीका चार राजनीतिक पार्टीहरुद्वारा आयोजित र अनिल सीद्वारा प्रस्तुत कार्य अवधारणपत्रमा गरिएको टिप्पणीको मुख्य अंश– सम्पादक)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।