११ कार्तिक २०८१, आईतवार

BRI अगाडि बढाइन्छ : गृहमन्त्री श्रेष्ठ

0

काठमाडौं: प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमणको क्रममा चीनकाे विकासे संस्था बेल्ट एण्ड इनिसियटिव (BRI) अगाडि बढाउने दाबी उपप्रधान तथा गृहमन्त्री नारायण काजी श्रेष्ठले गरेका छन् । नेपाल असंलग्न परराष्ट्र नीतिबाट अलग हुन नसक्ने र त्यसाे गर्न खाेजिए दूर्भाग्यपूर्ण हुने गृहमन्त्री श्रेष्ठले बताए । भदौ ३ गते ठमेलस्थित मल्ल हाेटलकाे सभा कक्षमा नेपाल-चीन सामाजिक सम्बन्ध प्रतिष्ठानले आयाेजना गरेकाे ‘हिमालले जाेडेकाे मित्रता: नेपाल-चीन सम्बन्धकाे वर्तमान भविष्य’ विषयक अन्तरक्रिया कार्यक्रममा बाेल्दै श्रेष्ठले यस्तो बताएका हुन् ।
साे कार्यक्रममा नेकपा स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी सैन्य माेर्चा भएकोले ‘सम्झौताकाे लिखत जनसंघर्षकाे बलले बदर गर्नुपर्ने’ उद्घाेष गरे ।

कार्यक्रममा उप-सभामुख इन्दिरा रानामगर, राप्रपा नेता तथा पूर्व मन्त्री ठाकुर शर्मा ,एमाले नेता राजन भट्टराई ,नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य लक्ष्मण पन्तले पनि धारणा राखेका थिए । कार्यक्रममा प्राेफेक्सर बालमुकुन्द रेग्मीकाे अध्यक्षतामा भएको थियाे । अन्तरक्रियात्मक शैलीमा सम्पन्न कार्यक्रमकाे साँझ राति भाेजकाे समेत हाेटल मल्लमा आयाेजना भएकाे समाचारमा जनाइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।