कपिलवस्तु: नेकपाका पोलिट ब्युरो सदस्य तथा पश्चिम लुम्विनी व्यूरो इन्चार्ज सञ्जिव सीले नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षड्यन्त्र रहेकोले अमेरिकी साम्राज्यवादको विरुद्ध सिंगो देश एकढिक्का बनेर जाई लाग्नुपर्ने बताएका छन् ।
नेपाल कम्यूनिष्ट पार्टी पश्चिम लुम्विनी व्यूरो अन्तरगत पुर्वी कपिलवस्तुमा मंगलबार आयोजित जिल्ला स्तरिय अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा नेता सञ्जिव सीले यस्तो विचार व्यक्त गरेका हुन् ।
उनले भने, “एमसीसी सम्झौताले राष्ट्रिय स्वाधिनता, सार्वभौमिकता र अखण्डतामाथि नै नाङ्गो हस्तक्षेप गरी अन्त्यमा नेपाललाई यूक्रेनको अवस्थामा पु¥याउने अमेरिकी षडयन्त्र रहेको भन्दै राष्ट्रघाती एमसीसी सम्झौताको विरुद्ध सिंगो देश जाग्नुपर्ने अपरिहार्य आवश्कता रहेको छ, त्यतिमात्र होइन गाँउगाँउमा च्याउ सरी उम्रिएका ठग लघुवित्त संस्था र मिटर ब्याजीहरुलाई गल्लीगल्लीबाट ढ्यांग्रो ठटाई लखेट्नुपर्ने परिस्थिति सिर्जना भएको छ ।”
कार्यक्रमका प्रमुख अतिथि समेत रहन पुगेका नेकपाका नेता सन्जिव सी ले प्रशिक्षणात्मक मन्तव्य दिदै एमसीसी सम्झौताको दफा ५.१(ख) (३) मा वर्तमान अमेरिकी कानुन र भविष्यमा बन्ने कानुन नेपालले मान्नुपर्ने, दफा ३.१ (च) मा आयोजना नेपालमा सन्चालन हुने र २६ प्रतिशत लगानी नेपालको रहने तर आयोजनाबाट प्राप्त हुने बौद्धिक सम्पत्तिमा एमसीसीको मात्र हक रहने, दफा ६.८ अनुसार परियोजनामा काम गर्न आउने विदेशीलाई नेपालको कुनैपनि कानुन नलाग्ने, सम्झौतासँग नेपालको राष्ट्रिय कानुन बाझिएमा एमसीसीको कानुन मान्य हुने लगाएतका बुँदाहरु राष्ट्रघाती रहेकाले एमसीसी सम्झौता विरुद्ध सशक्त संघर्षमा होमिन पार्टी कार्यकर्ता र आम सर्वसाधारण जनतालाई अपिल गरेका छन् । त्यस्तै नागरिकलाई घरवारविहिन बनाई उठिबास र आत्मदाह गर्न बाध्य पार्ने मिटरब्याजी र लघुवित्तका नाइकेहरुलाई जनगुनासोको आधारमा सामाजिक रुपमै जनकार्वाही गर्न पनि नेता सन्जिव सीले निर्देशन दिए ।
कार्यक्रममा नेकपाका केन्द्रिय सदस्य तथा पुर्वी कपिलवस्तु इन्चार्ज सुनिल सी ले कार्यक्रम सफलताको शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी करिब १ दर्जन नेता कार्यकर्ताहरु नेकपामा प्रवेश गरेको कपिलवस्तुका सेक्रेटरी दिपक सीले जानकारी दिएका छन् । कार्यक्रममा दिपक सीको अध्यक्षता, विकल्प सीको स्वागत मन्तव्य र सन्देश सीको सन्चालनमा सम्पन्न भएको थियो ।