२ मंसिर २०८१, आईतवार

भक्तपुर जिल्ला प्रशासनमा नेकपा निकट युवा संगठनले बुझायो ४ बुँदे ज्ञापपत्र

0

भक्तपुर: नेपाल कम्युनिष्ट पार्टी निकट युवा संगठनले भक्तपुर जिल्ला प्रशासन कार्यालयमा ४ बुँदे ज्ञापनपत्र बुझाएको छ । सोमबार सामजिक बेथितीहरुका विरूद्ध सम्बन्धित निकायलाई ध्यानाकर्षण गराउँदै संगठनले प्रशासनलाई उक्त ज्ञापनपत्र बुझाएको हो ।

पछिल्लो समयमा मौलाउदै गएको महंगी, कालोबजारी, खाद्य वस्तुको बिक्रीवितरण र कृतिम अभावले चरम सिमा नाग्दै गएको हुँदा, खाद्यान्न वस्तुहरु लुकाई कृतिम अभाव सृजना गर्नु, राज्यद्वारा निर्धारित गरिएको मुनाफा भन्दा कैयौं गुणा मुनाफा लिन तथा म्याद सकिएका अखाद्य वस्तुहरुको बिक्रीवितरण गर्ने कार्य भैरहेको हुँदा यस्ता कार्यमा सम्बन्धित निकायहरुले सशक्त पहल गर्नुपर्ने माग उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ ।

ज्ञापन पत्रमा उल्लेख गरिएका ४ बुँदाहरू निम्न छन् :

१- कृतिम अभाव सृजना गर्नेहरुलाई अध्ययन, अनुगमन र कार्बाही गरी सहज वातावरण बनाउन माग गर्दछौं ।

२- चरम रुपमा मौलाउदै गएको कृतिम महंगी नियन्त्रण गरि कार्बाही गर्न माग गर्दछौं । २

३- अखाद्य वस्तु (म्याद सकिएका गुणस्तरहीन) हरुको बिक्री वितरण भैरहेको हुँदा उक्त कार्यलाई नियन्त्रण गरि हदै सम्मको कार्बाही गर्न माग गर्दछौं ।

४- वस्तुको खरिद मुल्यको २० प्रतिशत मुनाफा लिन पाउने राज्यको नियम विपरित सत प्रतिशत वा सो भन्दा बढि मुनाफा लिने कार्य व्यापक रूपमा बढेकोले उक्त कार्यहरुलाई नियन्त्रण गरि कर्बाही गर्न माग गर्दछौँ।
ज्ञापनपत्रकाे पूर्ण पाठ:


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।