१२ कार्तिक २०८१, सोमबार

एमसीसी सीईओ अलब्राईटको खुसीयाली उत्सवलाई नेकपा नेता विरही भन्छन् कालो दिन हो

0

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टीले आज एमसीसीविरुद्ध देशभर प्रदर्शन गरेको छ । अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) की प्रमुख कार्यकारी अधिकृत (सीईओ) एलिस अलब्राइट नेपाल आएकाे विराेधमा नेकपाले देशभर विराेध प्रदर्शन गरेको हो ।
यसैक्रममा नेकपा स्याङ्जाले स्याङ्जाको वालिङमा एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै नेकपाका स्थायी समिति सदस्य अनिल विरहीले एमसीसी परियोजनाका कार्यकारी प्रमुख एलिस अलब्राईटको भ्रमण र खुसियाली उत्सवलाई कालो दिनको संज्ञा दिएका छन् ।
नेता विरहीले राष्ट्र र राष्ट्रियता विषयमा गम्भीर राष्ट्रघात गर्दै राज्य सञ्चालकहरु अगाडि बढेको टिप्पणी गरेका छन् ।
स्याङ्जाको वालिङमा आयोजित अन्तरक्रिया कार्यक्रममा नेता विरही द्वारा प्रस्तुत गरिएको ‘एमसीसी परियोजना र राष्ट्रिय स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्रमाथि विभिन्न पार्टीका नेता तथा बौद्धिक व्यक्तित्वले धारणा प्रस्तुत गरेका थिए ।
विरहीले एमसीसी सम्झौता अन्तर्राष्ट्रिय कानुनी विपरीत भएको समेत बताए । आफ्नो देशको कानुनको बर्खिलाप सम्झौता भएको भन्दै यसप्रति नागरिक सचेत हुन जरुरी रहेको बताए ।
कार्यक्रममा नेकपाका पुर्वी गण्डक ब्युरो इन्चार्ज राजन सीले एमसीसी जुनसुकै हालतमा पनि कार्यनयन हुन नदिने दाबी गरेका छन् ।

कार्यक्रममा राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष राजेन्द्र गैरेले राष्ट्रियता र जनजिविकाका विषयमा मोर्चाबन्दी बलियो बनाउदै लैजानुपर्ने विषयमा जोड दिए ।


यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका प्रदेश सदस्य मीन प्रसाद कोईरालाले एमसीसी सम्झौता खारेज हुनुपर्नेमा जोड दिए ।
नेकपाका जिल्ला इन्चार्ज सागरको अध्यक्षतामा आयोजित कार्यक्रमको सञ्चालन शिव डुम्रे र स्वागत ध्रुव गौडेलेले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।