११ कार्तिक २०८१, आईतवार

समाजवाद स्थापना गर्न समाजवादी मोर्चाले महत्वपूर्ण भूमिका खेल्नेछ : डिआर सी

0

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी काठमाडौं ३ नम्बर जिल्ला इन्चार्ज डि आर सीले नेपालमा समाजवाद स्थापना गर्न समाजवादी मोर्चाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका छन् । बिहीबार काठमाडौंको चन्द्रागिरीमा आयोजित जिल्लाकाे राजनैतिक तथा वैचारिक प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रुपमा प्रशिक्षण दिँदै उनले यस्ताे बताएका हुन् ।

नेता डि आर सीले राष्ट्रघाती MCC कुनै पनि हालतमा लागु नहुने दाबी गरेका छन् । उनले MCC सम्झौता संसदबाट पारित गरिएको नाटक गरिएपनि जनताले वास्तवमै खारेज गर्ने बताएका छन् । उनले भने, “यदि यो MCC लागु भयाे भने देश युद्ध मैदान बन्ने गम्भिर खतरा छ ।”
पार्टीको नवौं केन्द्रीय समितिको चौथो बैठकले ल्याएको दोश्रो आवधिक योजनालाई कडाइपूर्वक लागु गर्न निर्देशन गर्दै पार्टीले अगाडि सारेको उत्पादन सम्बन्धी कार्यमा व्यापक सहभागि बन्न निर्देशन दिए । साथै सी जातिको अवधारणालाई जनता समक्ष व्यापक रूपमा लैजानु पर्ने बताएका छन् ।

श्याम सीले सञ्चालन गरेको कार्यक्रममा जिल्ला सचिव दिव्य सीले अध्यक्षता गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।