११ कार्तिक २०८१, आईतवार

पार्टीले एमसीसी सम्बन्धि नीति सच्याएन भने मैले पार्टी छोड्नुकाे विकल्प छैन              

0

मिनप्रसाद कोइराला नेकपा (माओवादी) केन्द्र स्याङजा

 

सहकार्य गरौं भनेर प्रतिकुल मौसम र व्यस्तताका बीच पनि आएको छु । कार्यक्रम निकै समसामयिक छ । हाम्रो पार्टीले एमसीसी पारित गरेपनि देवप्रसाद गुरुङ, लिलामणी पौडेलहरुले बहस चलाइरहेका छन् । झलनाथ खनाल हाम्रै पार्टीमा भएको बेला पार्टीद्धारा सर्वसहमत सुझाव आयोगले संशोधनसहित पारित गर्नु पर्ने अन्यथा खारेज गर्नुपर्ने सुझाव दिएको थियो । प्रचण्डले झलनाथको सुझाव अनुसार नै पारित गरिन्छ भन्नु भयो । तर संशोधन नगरी १२ बुँदे व्याख्यात्मक घोषणा ल्याएर पारित गरियो । प्रचण्ड र विप्लवको सहकार्यले आशा पलाएको छ । तर एमसीसीका कारण दुूरी बढन सक्छ ।
एमसीसी ठिक छैन भने सरकार छोडेर भएपनि सङघर्षमा आउनुपर्छ । एमसीसीले हाम्राे देशको सुरक्षामा खतरा पैदा गर्छ  । हामीलाई वौद्धिक अपाङगता पैदा गराउछ । एमसीसी नेपालको युरेनियम कब्जा गर्न आएको हो । काम नगर्ने, सङगठित नहुने, सामाजिक संजालमा गाली गर्ने र छाडा टिकटकमा मान्छे हराएको छ । वौद्धिक मानसिक सबैतिर आपाङ्गता सृजना गराएको छ । केही राम्रा कामले  प्रचण्ड नारायकाजीले  हामीले राम्रो गरेका छन् भन्ने आधार पाएका छौँ । समाजवादी मोर्चा पनि त्यही हो । हामी व्यवस्था र अवस्था दुबै बदल्न भनेर हिडेका हौं । अवस्था त्यसै बदलिन्न । व्यवस्था बदल्नुपर्छ । आज हामीसँग हिजो माओवादी थियो भन्ने बाहेक केही बाकी  छैन । एमसीसीको विषयमा स्पष्ट धारणा बनेन भने मैले माओवादी केन्द्र छोड्नुको विकल्प छैन ।
(नेकपा माओवादी केन्द्रका गण्डकी प्रदेश सदस्य कोइरालाले २०८० साल असोज १७ गते नेकपा, स्याङजाद्धारा वालिङ बजारमा आयोजना गरेको  तथा नेकपा स्थायी समिति सदस्य अनिल सीद्धारा प्रस्तुत ‘एमसीसी परियोजना र राष्ट्रिय  स्वाधीनताको प्रश्न’ विषयक कार्यपत्र माथि टिप्पणी गर्ने क्रममा व्यक्त विचारको सम्पादीत अंश)


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।