११ कार्तिक २०८१, आईतवार

मधेसी र थारु राष्ट्रियताका पहरेदार हुन् : भेषराज सी

0

नेपाल कम्युनिस्ट पार्टीका राजनीतिक समिति सदस्य (PBM) भेषराज सी धुर्वले मधेसी र थारु जनता देशको पहरेदार भएकाे बताएका छन् । सामन्तवाद र साम्राज्यवादसँग निरन्तर लड्दै आएका तराई-मधेसका श्रमजीवी जनताले आगामी दिनमा अमेरिकी साम्राज्यवाद र एमसीसीकाे नाममा विकासे नारा बाेकेर आएकाेले त्यसकाे भ्रममा नपर्ने बताए । नेता भेषराजले वैज्ञानिक समाजवादी व्यवस्थाले मात्र श्रमिक जनताको वास्तविक हित गर्ने बताए । पूर्वी जनकपुर ब्युराेद्वारा धनुषा जिल्लाकाे सदरमुकाम तथा मधेस प्रदेशकाे राजधानी जनकपुर धाममा १८ गते भएकाे अन्तरक्रियात्मक गाेष्ठिमा उनले साे धारणा राखेका हुन् ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य ,पूर्वी जनकपुर ब्युरो इन्चार्ज तथा पूर्व सांसद समेत रहेका राम कुमार सीकाे अध्यक्षता र तिलक सीकाे सहजीकरणमा भएको थियाे । धनुषाबाट ढिलो गरि प्राप्त समाचार अनुसार कार्यक्रममा ७०% सहभागी मधेसीमूलका महिला रहेको र त्यसमध्ये अधिकांश मिटरब्याज र जातीय विभेदबाट पीडित महिला रहेको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।