२ मंसिर २०८१, आईतवार

केपी ओलीको हातमा दुई तिहाईको सरकार ‘बाँदरको हातमा नरिवल’ भनेझै भयो : चक्रपाणी खनाल ‘बलदेव’

0

कम्युनिष्ट र काङग्रेस पार्टीको उमेरमा धेरै अन्तर छैन । काङग्रेस २००४ सालमा र कम्युनिष्ट २००६ सालमा जन्मेका हुन् । कम्युनिष्ट र कम्युनिष्ट नभएपनि त्यही काम गर्दै आएका परिवर्तनमुखी पार्टीहरुको बीचमा समाजवादी मोर्चा बनेको छ ।
हामी आन्दोलनको समिक्षा गरिरहेका छौँ । कम्युनिष्टहरु बीच एकता भयो र पटक–पटक विभाजन भयो । माओवादी केन्द्र र एमाले बीचमा पार्टी एकता गराइयो । उपेन्द्र यादवको समर्थन भएपछि झण्डै दुई तिहाईको सरकार बन्यो । तर सरकारको नेतृत्व केपी ओली जस्तो सन्कीको हातमा गयो । त्यसपछि त्यो अवसर ‘बाँदरको हातमा नरिवल’ भने झै भयो । पार्टी फुट्यो । मुख्य मान्छेको नै मुख्य भूमिका हुन्छ । उनको प्रचण्डसँग भेटै हुन्न । माधव नेपाल कामै लाग्दैनन् । आज नै निकाल्नु पर्छ, भोलि नै निकाल्नु पर्छ भन्छन् । संविधानमाथि प्रहार गर्न थालेपछि हामीले नै देखाइदियौँ । सरकारबाट सधैँ हट्नु पर्यो । भोलि कोशी प्रदेशमा सरकार बन्दैछ । गठबन्धनको सरकार बन्छ । (तर कोशी सरकार काङग्रेसको एकपक्ष र ओलीको बनेको छ –सम्पादक)
सरकारले गरेका कैयौँ विषयहरु विप्लवको नीति र कार्यक्रमसभग मिल्दैनन् । विषय नमिले पनि साझा समस्या समाधान गर्न मोर्चामा बस्ने हो । सरकारको आलोचना गरेपनि साझा विषयमा सहकार्य गरौं भनेर यो मोर्चा बनेको हो ।
काङ्ग्रेससहित सबैले समाजवाद भन्छन् । सत्ताका केही खराबी परिवर्तन गरिएन भने अवस्था परिवर्तन हुँदैन । आज जनताको अवस्था उस्तै छ । भ्रष्टाचारको मुद्दा अलमलमा छ । रोजगार छैन । नेपाली कृषि उत्पादनले प्रतिस्पर्धा गर्न सक्ने अवस्था छैन । तर व्यवस्था ठिक छ, नेता ठिक नभएर बिग्रेको हो भन्दै केही भुईफुट्टाहरु घण्टी हल्लाउदै आएका छन् । यो जनता ठग्ने नयाँ तरिका हो । त्यसैले दृढतापूर्वक उभिनु पर्दछ । हामीले राम्रो काम गर्न नसक्दा घण्टीहरु आउँछन् र जातिय तथा धार्मिक दंगा गराउँछन् । तर दोष चाँही माओवादीलाई लगाउँछन् ।  हामीले लडायौँ कि अधिकार दियौँ ? लडाउने र त्यही वहानामा अधिकार खोस्ने षड्यन्त्र भइरहेको छ । त्यसैले सुधार र राहतका काम गर्नुपर्छ । मोर्चालाई एकतामा बदल्ने प्रयास गर्नुपर्छ ।
हामी चुनावी कार्यनीतिमा छौँ । यसबीचमा केही बिढङगो कसैले गर्न खोज्यो भने त्यो पनि सोचौंला । तर संसद र सरकारको मोर्चा पनि महत्वपूर्ण छ । अहिले अर्को गरिहाल्ने अवस्था पनि छैन । संसदमा नभएका शक्तिसँग पनि छलफल गरौंला । यो काममा सफलता भयो भने मात्र समाजवादी मोर्चाको औचित्य पुष्टि हुनेछ । समाजमा सृजना गर्न खोजिएको अराजकतालाई रोक्ने काम पनि यही मोर्चाले गर्नेछ । (समाजवादी मोर्चा नेपाल मोरङको २०८० असोज २५ गते रङ्गेलीमा घोषणा तथा सन्देश सभामा व्यक्त विचारको सम्पादीत अंश,बलदेव नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव हुन् )


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।