१० मंसिर २०८१, सोमबार

नेकपा दक्षिण-पूर्व मकवानपुरद्वारा भूकम्प पीडितका लागि राहत संकलन

0

मकवानपुर: नेपाल कम्युनिस्ट पार्टी दक्षिण-पूर्व मकवानपुरले भूकम्प पीडितका लागि राहत संकलन अभियान सन्चालन गरेको छ । नेकपाले बागमती प्रदेशको राजधानी हेटौंडाको बुद्धचोकबाट अभियान सुरु गरेको हो ।

कार्तिक १७ गते गएको ६.४ रेक्टरको विनाशकारी भूकम्पमा परि ज्यान गुमाएका र घाइते भएका भूकम्प पीडितको राहतका लागि नेकपाले राहत संकलन अभियान सन्चालन गरेको हो । आइतबार सुरु गरेको अभियान बुद्धचोकबाट बसपार्क, राप्तीरोड, पिपलबोट हुँदै चौकिटोल ओरालोसम्म पुगेको छ । अभियानलाई पूर्ण समर्थन जनाउँदै उक्त स्थानका व्यापार व्यवसायीले खुल्ला हृदयले आर्थिक तथा जिन्सी सहयोग उपलब्ध गराएका छन् ।

नेकपाका केन्द्रिय सदस्य तथा दक्षिण-पूर्व मकवानपुरका जिल्ला इन्चार्ज राम सी नेतृत्वको अभियान टोलिले नगद रु. ३९,००० र जिन्सी राहत संकलन गरेको छ । मकवानपुरका सहयोगी व्यापार, व्यवसायीहरुबाट उपलब्ध सहयोग पार्टीको रोहवरमा यथाशीघ्र सम्बन्धित स्थान पश्चिम रुकुम र जाजरकोट पुर्‍याउने इन्चार्ज राम सीले जानकारी दिएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।