४ आश्विन २०८१, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड सीलाई कालिकोटमा भव्य स्वागत

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीलाई कालिकाटमा भव्य स्वागत गरिएको छ ।

नेकपा मध्यकर्णाली व्यूरो र नेकपा कालिकोटले सदरमुकाम मान्ममा मंगलबार भव्य स्वागत गरेको हो । नेकपा मध्यकर्णाली व्यूरो र नेकपा कालिकोटले भोली मंसिर ६ गते बुधवार मान्ममा आयोजना गरेको विशाल जनसभालाई सम्वोधन गर्न नेकपाका प्रवक्ता प्रकाण्ड सी मान्म पुगेका हुन ।

नेकपाले मंसिर ८ को पार्टी पूनर्गठन दिवसको अवसरमा साता व्यापी कार्यक्रम अन्तरगत सदरमुकाम मान्ममा जनसभाको आयोजना गरेको हो ।
जनसभाको सम्पूर्ण तयारी पुरा भएको नेकपा कालिकोटले जनाएको छ । पार्टी प्रवक्ता मान्म पुगेपछि जिल्लामा निकै उत्साह छाएको छ ।
जिल्लाको सबै पालिकाबाट जनताको सहभागितामा हुने गरी जनसभाको तयारी भएको छ । जनसभालाई प्रवक्ता प्रकाण्डसंगै पार्टीका केन्द्रीय सदस्य विवेक सी,बलवान सी लगायतका नेताहरुले पनि सम्वोधन गर्ने बताईएको छ ।

जनसभा पछि प्रवक्ता प्रकाण्डले जिल्लामा रहदा अन्य भेटघाट पनि गर्ने जनाईएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।