४ आश्विन २०८१, शुक्रबार

महासचिव विप्लव जनयुद्धको राजधानी रोल्पाको थवाङ जादै

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सी बुधवार जनयुद्धको राजधानी रोल्पाको थवाङ जान लागेका छन ।

जनयुद्धको लालकिल्ला समेत भनेर चिनिने थवाङ जान लागेका महासचिव विप्लवको पूर्खैलिघर पनि रोल्पा नै हो । हाल महासचिव विप्लवको पारिवारिक बसाई सराई कपिलवस्तुको शिवगढीमा छ ।

नेकपाका महासचिव विप्लव मंसिर ८ गतेको पार्टी पूनर्गठन दिवसको अवसरमा आयोजना गरिएको जनसभालाई सम्वोधन गर्न रोल्पा जान लागेको केन्द्रीय कार्यालय श्रोतले जानकारी दिएको छ ।

रोल्पाको थवाङमा पार्टी पूर्नगठन दिवसको अवसरमा ८ गते जनसभा आयोजना गरिएको छ । महासचिव विप्लवसंगै स्थायी समितिका सदस्य अनिल सी पनि जाँदैछन । कपिलवस्तुको शिवगढीबाट बुधवार विहान महासचिव विप्लव सहितको नेताहरुको टिम रोल्पा जान लागेको हो ।

रोल्पामा रहदा महासचिवले जनता,सहिदपरिवार,नेता कार्यकर्ता लगायतसंगको भेटघाट पनि गर्नेछन । रोल्पा क्रान्तिको आधारभूमी भनेर चिनिने जिल्ला भएकाले पनि एक महान क्रान्किारी नेताको रोल्पा जाने कुराले रोल्पावासीहरु विप्लवलाई भव्य स्वागत गर्ने तयारीमा छन् ।

पार्टी पूनर्गठन दिवसका अवसरमा आयोजना गरिएको जनसभाको पनि सबै तयारी पुरा भएको नेकपा रोल्पाले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।