४ आश्विन २०८१, शुक्रबार

युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलनको अन्तीम तयारी योजना तर्जुमा

0

कैलाली । युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन भव्यताका साथ सम्पन्न गर्न अन्तीम तयारीका लागि योजना तर्जुमा गरिएको छ ।

नेकपाका स्थायी समिति सदस्य तथा फ्याक्सन इन्चार्ज शिलु सीको प्रमुख आतिथ्यतामा सोमवार कैलालीको पहलमानपुरमा बसेको युवा संगठन नेपालका केन्द्रीय सदस्य,नेकपा महाकाली, सेती व्यूरोका इन्चार्ज र प्रमुख नेताहरुको संयुक्त बैठकले सम्मेलन भव्यताका साथ सम्पन्न गर्न अन्तीम कार्यविभाजन सहितको योजना तर्जुमा गरेको हो ।

बैठकले संगठनको अभियान,प्रचारप्रसार,विधान प्रतिवेदन लेखन,आर्थिक व्यवस्थापन,कार्यक्रमको तयारीसहित सम्पूर्ण योजना तर्जुमा गरि कार्यविभाजन गरेको छ ।

बैठकमा सहभागी प्रमुख अतिथि स्थायी समिति सदस्य शिलुले सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि आ आफ्नो जिम्मेवारी पुरा गर्न सक्रियतापूर्वक काममा लाग्न सहभागीहरुलाई निर्देशन दिईन ।

युवा संगठन नेपालको पाँचौं राष्ट्रिय सम्मेलन आगामी माघ २० र २१ गते कैलालीको धनगढीमा गर्ने यसअघि नै निणर्य भएको छ ।

बैठक पछि सी युवा क्लवलाई स्थायी समिति सदस्य शिलुले भलिवल पनि प्रदान गरेको जनाईएको छ


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।