४ आश्विन २०८१, शुक्रबार

समाजवादी मोर्चालाई शक्तिशाली राष्ट्रिय मुक्ति मोर्चामा बदल्नु पर्छः प्रकाण्ड सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले समाजवादी मोर्चालाई शक्तिशाली राष्ट्रिय मुक्ति मोर्चामा बदल्नुपर्ने बताएका छन । 

कालिकोटको मााल्कोटलाई ‘सी गाउँ घोषणा’ गर्न आयोजित कार्यक्रममा माल्कोट गाउँलाई ‘सी गाउँ घोषणा’ गर्दै नेकपाका प्रवक्ता प्रकाण्डले समाजवादी मोर्चा भ्रुण पात्र भएको र मोर्चालाई शक्तिशाली राष्ट्रिय मुक्ति मोर्चामा बदल्नुपर्ने बताएका हुन ।

उनले नेपालमा अमेरिकी साम्राज्यवाद एमसीसीको माध्यमबाट देशलाई युक्रेन र प्यालिष्टान बनाउन आईरहेको भन्दै सबै नेपालका कम्युनिष्ट,क्रान्तिकारी,प्रगतिशी,देशभक्त शक्तिहरु एकठाउँमा आएर शक्तिशाली राष्ट्रिय मुक्ति मोर्चाको माध्यमबाट प्रतिरोध गर्नुपर्र्ने बताए ।
प्रवक्ता प्रकाण्डले अमेरिकालाई नेपालमा एमसीसीको माध्यमबाट आउने मुर्खता नगर्न पनि चेतावनी दिए ।

उनले नेपालमा दलाल पूँजीवाद र मुठ्ठिभर दलालवर्गका कारण नेपालमा संकट आएको बताउदै संकटको निकास वैज्ञानिक समाजवाद वा नेपाली विशेषताको समाजवादले मात्र दिने ठोकुवा गरे ।

प्रवक्ता प्रकाण्डले भने “हाम्रो देश हुनेकी नहुने भन्ने अवस्थामा छ । सबै राजनीतिक पार्टी,नेता र जनताले सोच्नुपर्छ । एमसीसी मार्फत नेपाल आउने डिजाईन अमेरिकाको छ । देशमा पैसाको अभाव छ । तर निश्चित राष्ट्रिय दलालहरुले पैसा लुकाएका छन । कर्मचारीले तलव खान पाउने अवस्था छैन । ०६४ पछि प्रतिक्रान्ति भएको छ । यी सबै समस्या जन्माउने दलाल पूँजीवादी व्यवस्था हो ।”

उनले देशको तमाम समस्याको समाधान समाजवादी मोर्चाबाट खोज्नुपर्ने बताए । प्रवक्ता प्रकाण्डले नेपाली काङग्रेस पनि समाजवादी मोर्चामा आउन आहवान गरे ।
प्रवक्ता प्रकाण्डले यदि नेपालका संसदवादीदलहरु समाजवादी मोर्चाबाट समाजवादमा जान नचाहे र विदेशीहरुको दबावमा परे नेपाली जनतालाई त्यसको फैसला गर्ने अधिकार दिनु पर्ने बताए ।

उनले नेपाली जनतालाई त्यसको फैसला गर्न नदिए जस्तोसुकै संघर्षको मोर्चाबाट भएपनि नेपालमा बैज्ञानिक समाजवाद नेपाल कम्युनिष्ट पार्टीले ल्याउने विश्वास दिलाए ।

प्रवक्ता प्रकाण्डले माल्कोट आफैमा ऐतिहासीक गाउँ भएको र सी गाउँ घोषणाले थप ऐतिहासीक गाँउ भएको बताए । उनले माल्कोट र कालिकोटले अहिलेको राष्ट्रिय राजनीतिको समस्या हल गर्ने गरी योगदान गर्न अपिल गरे ।

प्रवक्ता प्रकाण्डले भने “हाम्रो दुश्मन काठमाडौंमा छ । त्यो दलाल पूँजीवाद हो । माल्कोटका जनता,नेता कार्यकर्ताले राष्ट्रिय राजनीतिको समस्या हल गर्ने गरी योगदान गर्नुपर्छ ।”


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।