४ आश्विन २०८१, शुक्रबार

नेकपाका महासचिव विप्लवको उपस्थितिमा कपिलवस्तुमा अन्तरक्रिया हुदै

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको विशेष उपस्थितिमा कपिलवस्तुको चन्द्रौटा बजारमा आज बृहत अन्तरक्रिया कार्यक्रम हुदैछ ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम कपिलवस्तु जिल्ला समितिले “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो । अन्तरक्रिया कार्यक्रम मध्याहन्न १२ बजेबाट सुरु हुने छ ।

अन्तरक्रिया कार्यक्रममा चन्द्रौटा बजारका उद्योगी व्यवसायी,शिक्षक कर्मचारी बुद्धिजीवी लगायतका बौद्धिक व्यक्तित्वहरुको उस्थिति रहने नेकपाले जनाएको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रवक्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको विशेष उस्थिति रहने जनाईएको छ ।
यस्तै अन्तरक्रिया कार्यक्रममा नेकपाका स्थायी समिति सदस्य सन्तोस सी,शिलु सी लगायतका नेकपाका नेता कार्यकर्ताहरुको पनि सहभागिता रहने छ ।

देश अहिले दलाल पूँजीवादका कारण गम्भीर संकटमा परेको र राष्ट्रिय स्वाधीनता पनि खतरामा परेको बेला नेकपाले यसै विषयलाई केन्द्रीत गरेर अबको समाधान के हुन्न सक्छ भनि अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको हो ।
अन्तरक्रिया कार्यक्रमले अहिलेको संकटको समाधानको लागि केही महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।