४ आश्विन २०८१, शुक्रबार

विप्लवको उपस्थितिमा कपिलवस्तुको चन्द्रौटामा अन्तरक्रिया कार्यक्रम सुरु

0

कपिलवस्तु । नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको विशेष उपस्थितिमा कपिलवस्तुको चन्द्रौटा बजारमा अहिले भर्खरैबाट बृहत अन्तरक्रिया कार्यक्रम सुरु भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी पश्चिम कपिलवस्तु जिल्ला समितिले आयोजना गरेको “वर्तमान राष्ट्रिय संकट र समाधान” विषयक अन्तरक्रिया कार्यक्रम भर्खरै सुरु भएको हो ।

अन्तरक्रिया कार्यक्रममा चन्द्रौटा बजारका उद्योगी व्यवसायी,शिक्षक कर्मचारी बुद्धिजीवी लगायतका बौद्धिक व्यक्तित्वहरुको सहभागिता रहेको छ ।

अन्तरक्रिया कार्यक्रममा प्रमुख प्रवक्ताको रुपमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विप्लव सीको विशेष उपस्थिति भएको छ । कार्यक्रममा वक्ताहरुले बोल्ने क्रम सुरु भएको छ । महासचिव विप्वललाई कार्यक्रम स्थल प्रवेशका वेला भव्य स्वागत समेत गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।