४ आश्विन २०८१, शुक्रबार

बर्दियाको राजापुर र गुलरियामा पुत्ला दहन

0

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी बर्दियाले जिल्लाको राजापुर र गुलरियामा न्यायधीस कलम प्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायधीस ज्ञवालीले नेकपाका महासचिव विप्लव,प्रवक्ता प्रकाण्ड लगायतका नेताहरु माथि पक्राउ पूर्जी जारी गरिएको षड्यन्त्र विरुद्ध नेकपाले पुत्ला दहन गरेको हो ।

पार्टीको केन्द्रीय संघर्षको कार्यक्रम अनुसार पुत्ला दहन गरिएको नेकपा बर्दियाले जनाएको छ ।

पुत्ला दहन पछिको राजापुरको कोणसभामा नेकपाका केन्द्रीय सदस्य हिमशिखरले दलाल व्यवस्थाको र अदालतको गम्भीर षड्यन्त्रका कारण पक्राउ पूर्जी जारी भएको बताए ।

यता गुलरियामा भएको कोणसभामा बोल्ने नेताहरुले दलाल व्यवस्थाको न्याय प्रणालीको चर्को विरोध गरे ।

यसअघि हिजो साँझ नेकपा बर्दियाले जिल्लाको वाँसगढी र गुलरियामा अदालतको पक्राउ पूर्जी आदेश विरुद्ध मशाल जुलुस समेत प्रदर्शन गरेको थियो । 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।