४ आश्विन २०८१, शुक्रबार

मध्यकर्णाली ब्यूरोका कालिकोट,दैलेख र सुर्खेतमा पनि पुत्ला दहन

0

सुर्खेत । नेपाल कम्युनिष्ट पार्टीले मध्यकर्णालीका कालिकोट,दैलेख र सर्खेत जिल्लामा पनि न्यायधीस कलमप्रसाद ज्ञवालीको पुत्ला दहन गरेको छ ।

काठमाडौ जिल्ला अदालतका न्यायधीस ज्ञवालीले नेकपाका नेताहरु माथि पक्राउ पूर्जी जारी गरेको विरुद्ध पुत्ला दहन गरेको हो ।

नेकपा कालिकोटले जिल्लाको सदरमुकाम मान्म बजारमा चर्का नारावाजी सहित न्यायधीस ज्ञवालीको पुत्ला जनाएको पत्रकार अशोक कुमार शाहीले जनाएका छन ।

यस्तै नेकपाले दैलेख बजारमा पनि पुत्ला जलाएको छ । नेकपा नेता कार्यकर्ताले जिल्ला अदालत काठमाडौको आदेश विरुद्ध चर्को नावाजी गर्दै न्यायधीस ज्ञवालीको पुत्ला जलाएको छ ।

यता नेकपा सुर्खेतले पनि जिल्लाको सदरमुकाम वीरेन्द्रनगरमा न्यायधीस ज्ञवालीको विरुद्ध पुत्ला जलाएको छ । नेकपाका नेताहरुले तीन बुँदे सहमति विपरित न्यायलय गएको आरोप लगाएका छन ।

नेकपाका नेताहरुले यथाशिघ्र तीन बुँदे सहमति कार्यान्वयन गरिनु पर्ने र झुट्टा मुद्धा खारेज गरिनुपर्ने माग गरेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।