५ आश्विन २०८१, शनिबार

तीन बुँदे सहमति कार्यान्वयनको दबाव दिने निर्णय गर्दै नेकपा केन्द्रीय समितिको बैठक सम्पन्न

0

कपिलबस्तु । नेपाल कम्युनिष्ट पार्टीको विशेष केन्द्रीय समितिको बैठक तीन बुँदे सहमति कार्यान्वयनको लागि दबाव दिने निर्णय गर्दै आज बेलुका सम्पन्न भएको छ ।

नेकपाको केन्द्रीय कार्यालय कपिलबस्तुको शिवगढीमा सोमबारबाट सुरु भएको केन्द्रीय समितिको बैठकले तीन बुँदे सहमति कार्यान्वयनको लागि सम्बन्धित पक्षलाई दबाव दिने निर्णय गर्दै सम्पन्न भएको हो ।

बैठकको समापनका अवसरमा महासचिव विप्लव सहित सहभागी नेताहरुले तीन बुँदे सहमति लागु गर,झुट्टा मुद्धा खारेज गर,राज्यसम्यन्त्रको षड्यन्त्र बन्द गर, पक्राउ पूर्जी खारेज गर,एकीकृत जनक्रान्ति जिन्दावाद,अमेरिकी साम्राज्यवाद मुर्दाबाद,बैज्ञानिक समाजवाद जिन्दाबाद, नेपाल कम्युनिष्ट पार्टी जिन्दाबाद जस्ता गगनभेदी नाराहरु लगाउदै बैठक समापन गरिएको छ ।

बैठकले मुख्यगरी केपी ओली सरकारसंग गरिएको तीन बुँदे सहमति करिब ३ बर्ष हुन लाग्दा पनि कार्यान्वयन नगरिनु सरकारपक्षको गम्भीर त्रुटि भएको ठहर गरेको छ ।

बैठकले तीन बुँदे सहमति कार्यान्वयन गर्नुको सट्टा उल्टै अदालत मार्फत पक्राउ पूर्जी जारी गर्नु सामान्य षड्यन्त्र नभएको र यो देशी विदेशी दलाल तथा साम्राज्यवादी शक्तिहरुको षड्यन्त्र भएको निश्कर्ष निकालेको छ ।

नेकपाको बैठकले दलाल तथा साम्राज्यवादी षड्यन्त्र विरुद्ध सशक्त प्रतिरोध गर्ने निर्णय पनि गरेको छ । बैठकले दलाल तथा साम्रज्यवादी षड्यन्त्र विरुद्ध प्रतिरोध गर्न २ महिने पार्टी संगठन सुदृढ तथा विस्तार गर्ने निर्णय गरेको छ ।

बैठकमा महासचिव विप्लवले समापन मन्तव्य राख्दै पार्टी योजनामा सक्रिय भएर लाग्न र साम्राज्यवादी षड्यन्त्रको सशक्त प्रतिरोध गर्न केन्द्रीय समितिलाई निर्देशन दिएका छन । यसअघि बुधवार दिउसोको बैठकले महासचिव विप्लवको राजनीतिक तथा सङ्गठनात्मक प्रस्ताव सर्बसहमतिले पारित गरेको थियो ।

बैठकमा पेश भएका सबै एजेण्डामाथि गम्भीरता पूर्वक छलफल गरी आवश्यक निर्णय लिएको नेकपाले जनाएको छ ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।