५ आश्विन २०८१, शनिबार

नेकपा पूर्वी प्यूठानद्धारा पक्राउ पूर्जी र एमसीसी विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय

0

प्यूठान  । नेपाल कम्युनिष्ट पार्टी पूर्वी प्यूठानले अदालतको कथित पक्राउ पूर्जी र राष्ट्रघाती एमसीसी सम्झौता विरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको छ ।

नेकपाले त्योसंगै मिटर ब्याज र लघुवित्तको चर्को ब्याजदर,भ्रष्टाचार लगायतका विकृतिका विरुद्ध पनि सशक्त संघर्ष गर्ने निर्णय गरेको छ ।
नेपाल कम्युनिष्ट पार्टी पूर्वी प्युठानको बुधवार बसेको प्रथम पूर्ण बैठकले यस्तो निर्णय गरेको हो ।

नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी बिच तिन बँुंदे सहमतिपत्रमा हस्ताक्षर भएको करिब ३ बर्ष पुग्न लाग्दा पनि उल्टै सहमति विपरित पक्राउ पूर्जी जारी गरिएको छ । नेकपाले यस घटना विरुद्ध आपत्ति जनाउदै विरोध गर्दै आएको छ ।

बैठकलाई सम्बोधन गर्दै नेकपाका केन्द्रीय सदस्य तथा प्यूठानका इन्चार्ज जागृति सीले सरकार र नेकपा बिच तीन वुँदे सहमति यथाशिघ्र कार्यान्वयन गरिनुपर्ने बताए ।

उनले नेता कार्यकर्ता माथी लगाइएका झुट्टा मुद्धाहरु सरकार प्रमुखले नै खारेज गर्ने विषयमा सहमति गरिसकेकाले अदालतले स्वत ति मुद्धाहरु खारेज गर्नुपर्ने बताए । बैठकले २ महिने संगठन सुदृढ तथा विस्तार,राज्य षड्यन्त्रको भण्डाफोर अभियान जिल्लामाभर संचालन गर्ने निर्णय गरेको छ ।

नेपाल कम्युनिष्ट पार्टी पूर्वी प्यूठनका सेक्रेटरी मुस्कानले जिल्लामा प्यूठान नगरपालिका,नौबहिनी गाउँपालिका, गौमुखी गाउँपालिका, झिमरुक गाउँपालिका र मल्लरानी गाउँपालिका गरी ५ वटा स्थानिय तह रहेको र सबैठाउँमा पार्टीले अभियान संचालन गर्ने जानकारी दिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।