८ पुष २०८१, सोमबार

नेकपाका स्थायी समिति सदस्य भरत सीले पूर्वमन्त्री न्यौपानेलाई दिए श्रद्धाञ्जली

0

बाँके । पूर्व प्रतिनिधि सभाका सदस्य तथा सूचना तथा संचार सायक मन्त्री यज्ञराज न्यौपानको १३ औं दिनको पुण्य तिथिमा नेकपाका स्थायी समिति सदस्य भरत सी (रणवीर) ले फोटोमा माल्याअर्पण गर्दै श्रद्धाञ्जली दिएका छन ।

श्रद्धाञ्जली दिन नेकपाका स्थायी समिति सदस्य भरत सी (रणवीर) संगै ,नेकपाका दक्षिण कर्णाली ब्यूरो इन्चार्ज संगम सी,केन्द्रीय सदस्य हिमशिखर सी,पत्रकार बसन्त विक सहभागी भएका थिए ।

कालिकोट जिल्लाको रास्कोट नगरपाालिका वडा नम्वर ८ पलाँतीवाडा जन्मघर भई हाल नेपालगंजमा बस्दै आएका पूर्व मन्त्री न्यौपानेको नेपालगंंज स्थित उनकै घरमा सोमबार आयोजित श्रद्धाञ्जली समारोहमा पुगि नेकपाका नेता सहित विभिन्न पार्टीका नेता तथा शुभेच्छुकहरुले श्रद्धाञ्जली दिएका हुन ।

पूर्वमन्त्री न्यौपानेलाई श्रद्धाञ्जली दिन नेकपा एमालेका नेता कुर्मराज शाही पनि सहभागी भएका थिए । यस्तै पूर्वमन्त्री न्यौपानेलाई कालिकोट जिल्लावासी,व्यापारी,बुद्धिजीवी,शुभेच्छुक तथा आफन्तहरुले पनि न्यौपानेको फोटामा माल्याअर्पण गर्दै श्रद्धाञ्जली दिएका छन ।

पूर्वमन्त्री न्यौपानेको कलेजोमा भएको क्यान्सरका कारण पुस ४ गते उपचारको क्रममा ६४ वर्षको उमेरमा काठमाडौंमा निधन भएको थियो ।
उनी तत्कालिन नेकपा एमालेको तर्फबाट २०५१ सालमा कालिकोट जिल्लाबाट प्रतिनिधि सभामा निर्बाचित भई सूचना तथा संचार सायक मन्त्री बन्नेका थिए ।

कालिकोटे जनताको अभिभाकको रुपमा स्थापित भएका न्यौपाने पछिल्लो समय सक्रिय राजनीतिबाट टाढा थिए ।
उनलाई नेकपा एमालेले समेत उचित सम्मान र स्थान दिन नसक्दा न्यौपाने सक्रिय राजनीतिबाट टाढा हुनुपरेको केही राजनीतिज्ञहरुको बुझाई छ ।

उनको श्रद्धाञ्जलीमा केही सहभागीहरुले एमालेले न्यौपानेलाई पछिल्लो समय सम्मान नभई अपमान गरेको गुनासो गरेका छन ।
मन्त्री भईसेकेको व्यक्तिको दाहासंस्कार गर्दा समेत सरकारी तहबाट कसैको सहभागीता नहुनु र नेकपा एमालेको तर्फबाट पनि माथिल्लो तहको नेता सहभागी नहुनुले न्यौपानेलाई सरकार र पार्टी दुबैले अपमान गरेको बुझाई छ ।

नेकपाका स्थायी समिति सदस्य भरत सीले न्यौपानेलाई श्रद्धान्जली दिदै उनलाई एमालेको नेता मात्र भन्न नहुने र कालिकोटे जनताको नेता भएको बताए । स्थायी समिति सदस्य भरतले न्यौपानेले अगालेको कम्युनिष्ट विचारलाई एमालेले चिन्न नसक्दा उनलाई पछिल्लो समय अपमान भएको बुझाई राखे ।

न्यौपानेका दुई छोरी,दुई छोरा,श्रीमती र दुई वहिनी रहेका छन । तीन भाई मध्य जेठा न्यौपानको माहिला भाई काशीचन्द्र न्यौपानेको यसअघि नै निधन भइसकेको छ भने हाल कान्छा भाई रहेका छन ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।