६ आश्विन २०८१, आईतवार

जातीय विभेद गर्ने विरुद्ध कडा संघर्ष गर्ने निर्णय गर्दै श्रमिक समुदाय मोर्चाको बैठक सम्पन्न

0

बर्दिया । श्रमिक समुदाय मोर्चा नेपाल दक्षिण कर्णाली ब्यूरोले जातीय विभेद गर्ने विरुद्ध कडा संंघर्ष गर्ने निर्णय गरेको छ ।

बर्दियाको वासँगढीमा विहिवार सम्पन्न मोर्चाको दक्षिण कर्णाली व्यूरोको बैठकले जातीय छुवाछुत र विभेद गर्ने विरुद्ध कडा संघर्ष गर्ने निर्णय गरेको हो ।

बैठकले प्रत्येक जिल्ला स्तरका भेला, सम्मेलन सम्पन्न गर्ने र व्यूरो स्तरमा पदाधिकारीहरुको उपस्थितिमा प्रशिक्षण गर्ने निर्णय गरेको छ ।

बैठकलाई नेकपाका केन्द्रीय सदस्य तथा बर्दिया जिल्ला इन्चार्ज हिमशिखरले सम्बोधन गर्दै समाजमा जातीय विभेदको अन्त्य गर्न संविधानमा भएको मौजुदा कानुनी व्यवस्थालाई पनि समाजमा पुर्याउनु पर्ने र जनचेतनाको विकास गराउनु पर्ने बताए । मोर्चाका दक्षिण कर्णाली ब्यूरोका संयोजक बलमान सीको अध्यक्षतामा बैठक बसेको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।