६ आश्विन २०८१, आईतवार

आज सहिद दिवसः सहिदहरुको स्मृतिमा देशभर कार्यक्रम गरी मनाईदै

0

काठमाडौं । आज माघ १६ गते सहिद दिवस । आजको दिनलाई सरकार तथा विभिन्न निकायहरुले देशभर विभिन्न कार्यक्रम गरी यो दिवस मनाउदैछन ।

नेपालको परिवर्तनको आन्दोलनमा नेपाली आमाका सयौ छोरा छोरीहरुले आफ्नो अमूल्य जीवन परित्याग गर्दै देश र जनताको मुक्तिका लागि सुम्पेका छन ।

राणा विरोधी आन्दोलनमा सुक्रराज शास्त्री,गंगालाग श्रेष्ठ,धर्मभक्त माथेमा र दशरथ चन्द ठाकुरले हाँसी हाँसी बलिदान गरेका छन भने जनआन्दोलन,जनयुद्ध र एकीकृत जनक्रान्तिमा पनि सयौ नेपाली सपुथहरुले बलिदान दिएका छन । लखन थापा जस्ता युवाहरुले पनि राणा विरोधी आन्दोलनमा  पहिलो पटक बलिदान गरेका छन ।

वि.सं. १९९७ माघ १० गते निरंकुश राणा शासनविरुद्धमा नेपाल प्रजापरिषद् स्थापना गरी जनतालाई आफ्नो हक र अधिकारका लागि क्रान्ति गर्न प्रेरित गर्ने शुक्रराजलाई टेकुस्थित खरीको रूखमा झुन्ड्याएर हत्या गरिएको थियो ।

यस्तै माघ १३ गते सिफलमा धर्मभक्तलाई झुन्ड्याइएको थियो भने माघ १५ गते दशरथ चन्द र गंगालाललाई शोभा भगवतीमा गोली हानी हत्या गरिएको थियो ।

विशेष गरी चार जना व्यक्तिको उच्च बलिदान भएको माघको महिनालाई स्मरण गर्दै आजको दिनलाई सबै परिवर्तनका आन्दोलनमा शाहदत्त प्राप्त गर्ने सहिदहरुको स्मरण गरी सहिद दिवसको रुपमा सरकारले मनाउदै आएको छ । आज सरकारले सहिद उद्यान लैनचौरमा विशेष श्रद्धाञ्जली सभा आयोजना गरेको छ ।

शान्तिवाटिकामा भेला भएर नेपाल प्रहरी र सशस्त्र प्रहरीको ब्यान्ड, मार्चपास र सहिदको तस्वीर राखिएको बग्गीसहितको प्रभातफेरी सहिद उद्यान लैनचौरमा पुगेर श्रद्धाञ्जलीसभामा परिणत हुने छ ।

सभामा प्रधानमन्त्री, मन्त्री, सरकारका उच्चपदस्थ अधिकारी र जनप्रतिनिधि र सुरक्षा अंगका प्रमुखहरुको सहभागिता रहनेछ ।
सरकारले सहिद दिवस मनाउदै आएपनि राणा विरोधी आन्दोलन,जनआन्दोलन,जनयुद्ध र एकीकृत जनक्रान्तिको क्रममा सहिद हुने योद्धाहरुको सपना अझै पुरा हुन सकेको छैन ।  स्मरण रहोसः सरकारले एकीकृत जनक्रान्तिको क्रममा उच्च बलिदान दिने १४ जना योद्धाहरुलाई सहिद घोषणा नै नगरेर विभेद गरेको छ । 

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।