काठमाडौ । आज फागुन ४ गते । तत्कालिन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को जनमुक्ति सेना नेपालले अछामको सदरमुकाम मंगलसेन र साँफेबगर आक्रमण गरी कब्जा गरेको आज २२ बर्ष पुरा भएको छ ।
जनमुक्ति सेना नेपालले २०५८ साल फागुन ४ गते राति १ बजे अमेरिकी फोर्टिफिकेसनमा बसेको तत्कालिन शाही नेपाली सेना र सशस्त्र प्रहरीमाथि मंगलसेन र साँफेबगरमा एकैसाथ आक्रमण गरेको थियो ।
सशस्त्र प्रहरीको साँफेवगरमा रहेको बेस क्याम्प करिब १ घण्टामै जनमुक्ति सेनाले कब्जा गरेको थियो भने सदरमुकाम स्थिति नेपाली सेनाको व्यारेक करिब ४५ मिनेटमै कव्जा गरेको थियो ।
जनमुक्ति सेना नेपालले जिल्ला प्रहरी कार्यालयमा लुकेर बसेको प्रहरीसंग फागुन ५ गते विहान ९ बजे सम्म उच्च साहासिक लडाई लड्दै अन्ततः सदरमुकाममा रहेका सबै सरकारी कार्यालय पूर्ण रुपमा कव्जा गरेको थियो ।
सदरमुकामको भिषण लडाईमा तत्कालिन शाही नेपाली सेनाका ५२ जना र प्रहरीका ९५ जना सहित १४७ जना प्रहरीको ज्यान गएको थियो । सेना प्रहरी तर्फ गरी ७२ जना बढी घाईते भएका थिए ।
यस्तै साँफेबगर एरपोर्टमा सुरक्षाको लागि बसेको सशस्त्र प्रहरीको बेस क्याम्पमाथि जनमुक्ति सेनाले गरेको भिषण हमलामा परी करिव ५० जना बढी प्रहरीको ज्यान भएको थियो ।
माओवादी जनयुद्धको ठुलो उपलब्धिको रुपमा लिएको मंगलसेन लडाईमा माओवादी जनमुक्ति सेनाको तर्फबाट ३० जनाको उच्च बलिदान भयो भने साँफेवगरमा ६ जनाको बलिदान भयो । यी दुबै लडाईमा करिब ३ दर्जन योद्धा माओवादीले गुमाउनु पर्यो ।
जनयुद्धका भिषण लडाईहरु मध्य यो लडाई जनयुद्धको सबै भन्दा ठुलो लडाई थियो । यो फौजी आक्रमणले प्रतिक्रियावादी सत्तामा ठुलो भूईचालो गयो ।
सदरमुकाम कव्जा पछि जनमुक्ति सेनाले शाही नेपाली सेना र प्रहरीका सयौं अत्याधुनिक हात हतियार,गोली गठ्ठा तथा युद्ध बन्दोवस्तीका सामग्रीहरु कव्जा गर्यो । यो दिनलाई माओवादी घटक तथा पूर्व जनमुक्ति सेनाले विशेष महत्वको रुपमा सम्झिने गरेका छन ।
नेपालमा राजतन्त्रको अन्त्य गरी संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना गर्ने जस्ता राजनीतिक उलपब्धि प्राप्तिको पछाडि अछाम सदरमुकाम मंगलसेन कब्जा जस्ता दर्जनौ जनमुक्ति सेनाको भिषण लडाईको योगदानहरुले पुर्याएको हो ।
तर आज जनयुद्धका विरोधी प्रतिगामीहरुले यो कुरालाई स्वीकार गर्न अझै सकेका छैनन् । माओवादी जनयुद्धलाई उल्टै अपराधीक युद्धको रुपमा चित्रण गर्ने दुश्सास गरेका छन ।
फागुन ४ गतेको दिनलाई पूर्वजनमुक्ति सेना र सिंगो माओवादी आन्दोलनमा लागेका नेता, कार्यकर्ता तथा आम श्रमजीवीवर्गले एउटा गौरबको दिनको रुपमा लिनुपर्छ । यो श्रमजीवी वर्गको मुक्तिको लागि लडेको र विजयी भएको दिन हो ।
अछाम जस्ता ठुल्ल ठुला लडाईहरु लडेको जनमुक्ति सेनाको बलमा जनसत्ता,जनकम्युन,जनअदालत निर्माण गरेको माओवादी आन्दोलन मुल नेतृत्वमा आएको विचलनले उचित गन्तव्य सम्म पुग्न भने नसेको कुरा सत्य हो ।
जसले गर्दा माओवादी आन्दोलन विभाजित हुनु,जनमुक्ति सेनाका योद्धा विदेश पयालन हुनु, जनता,कार्यकर्ता,सहिद परिवार, बेपत्ता परिवार र घाईतेहरुको विचल्ली हुनु,माओवादीहरुमाथि निरन्तर आक्रमण हुनु आन्दोलन गन्तव्य सम्म नपुग्नुको परिणाम हो ।
तर विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले भने माओवादी जनयुद्धको उपलब्धिहरुको रक्षा गर्दै एकीकृत जनक्रान्तिको माध्यमबाट जनयुद्धको अधुरो सपना पुरा गर्ने प्रतिवद्धता जनाउदै आएको छ ।