३ आश्विन २०८१, बिहीबार

कविता

0

            कल्पना सी

 

कृषि क्रान्ति सफल पार्न बारीमा जुटे युवा
सपनाको महल सजाउन झुपडीमा जुटे युवा               झाेलामा किताब हातमा काेदाली बाेकी उठे युवा
हरेक चुनाैतिलाई चिर्ने साहस बाेकी उठे युवा ।

 

प्रकृतिसँग माया गाँसि दिनरात खेतमा खटि
पसिना पाेखि खेतमा कहिले घाम पानी खटि
हिमाल पहाड स्याउ सुन्तला तराईमा धान
श्रममा नै छ सुख शान्ति श्रममा नै मान ।

 

एकिकृत जाहान छ अति दिव्य मेल
छैन रिस राग कसैमाथि कुदृष्टि र झेल
सामुहिक जिवन साझा खुसियाली
सुन्दर जिवन सधैँ बसन्त हरियाली ।

 

सहज सरल जिवन भविष्य सुनाैंला
छन् काममा निरन्तर तर यि हात औला
एउटै छ लक्ष्य हाम्रो सबै समान बन्ने
विभेदहरु हटाएर सबै सी जाती बन्ने ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।