९ माघ २०८१, बुधबार

गण्डकी प्रदेश प्रशिक्षणमा दर्जनौं नेता कार्यकर्ता पार्टी प्रवेश

0

पोखरा । नेपाल कम्युनिष्ट पार्टीको गण्डकी प्रदेशको राजनैतिक वैचारिक प्रशिक्षण कार्यक्रममा दर्जनौं संख्यामा पार्टीमा ध्रुवीकरण भएका छन् ।
पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा विभिन्न तहका नेता कार्यकर्ताहरु पार्टी प्रवेश गरेका हुन् ।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का केन्द्रीय सदस्य विश्वास, पूर्व माओवादी मणी न्यौपाने, विदुर त्रीपाठी, जनमोर्चाका प्रेम पुन, माओवादी केन्द्रका धर्म परियार, नेपाली काङ्ग्रेसका दिपेन्द्र परियार, नेकपा (बहुमत) गोर्खाका जिल्ला सदस्य कृष्ण प्रसाद पन्त, शेर बहादुर थापा, सरिता थापा, भगवान घले, कृष्ण बहादुर थापा, राम बहादुर तामाङ, विजय श्रेष्ठ, भीम खपाङ्गी, अर्जुन तामाङ, दिलिप पोख्रेल, तुल बहादुर मगर, पार्वती नेपाली, कास्कीबाट अनिता नेपाली, सुरेश राई, सरिता थापा, जुना थापा, रेणुका सापकोटा लगायत दर्जनौंले पार्टी महासचिवको हातबाट टिका ग्रहण गर्दै प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश लगत्तै आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य विश्वासले विभिन्न कारणले यताउता भएपनि अन्त्यमा क्रान्तिको आश नेकपाबाटै देखिएकोले आफू पार्टीमा पर्खिएको बताउँदै उनले नेपाली जनताले पटक-पटक धोका पाएको भन्दै फेरिपनि नेपाली जनतालाई धोका नहोस् भनी आग्रह समेत गरेका थिए । यस्तै पूर्व माओवादी मणी न्यौपानेले लामो समय स्वतन्त्र रुपमा रहेपनि पार्टीको जिम्मेवारी नभएरपनि परिवर्तनको हुटहुटी नमरेको भन्दै पार्टीको नीति र उत्पादनले आम जनताप्रति निकै सकारात्मक प्रभाव रहेको भन्दै स्वास्थ्यप्रति पनि नीति निर्माण गर्दै लागू गर्नुपर्ने र आफूले पार्टीले दिने जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।