२ माघ २०८१, बुधबार

नेकपा मधेसले भ्रष्टाचार, तस्करी र भेदभावको विरुद्ध संघर्ष गर्ने

0

काठमाडौँ – नेपाल कम्युनिस्ट पार्टी मद्येश प्रदेशले भ्रष्टाचार, तस्करी र भेदभावको विरुद्ध संघर्ष गर्ने भएको छ । मधेस प्रदेश समितिको पाँचौं पूर्ण बैठकको निर्णय अनुसार नेकपाले नेकपाले रासायनिक मलमा भएको भ्रष्टाचार, तस्करी र भेदभावको विरुद्ध संघर्ष गर्ने भएको हो ।

प्रदेश इन्चार्ज अनिल सीको अध्यक्षता र महासचिव विप्लव सीको प्रमुख आतिथ्यतामा पुस २६ गते प्रदेश कार्यालयमा बैठक बसेको थियो । बैठकले चैत अन्तिमसम्ममा प्रदेश स्तरीय एक हप्ते राजनीतिक वैचारिक स्कुलिङ सञ्चालन गर्ने, मेची –महाकाली जनमार्च अभियान अन्तर्गत जनकपुर, लहान, हरिवन र वीरगञ्जमा जनसभा गर्ने, माघ १२ गते वीरगंजमा वरिष्ठ पत्रकार सुदर्शनराज पाण्डेको स्मृति–ग्रन्थ विमोचन गर्ने लगायतका निर्णय गरेको छ ।

प्रदेशद्वारा जारी प्रेस विज्ञप्तिका अनुसार त्रिभुवन विश्वविद्यालयका आङ्गिक र सम्बन्धन क्याम्पसमा फागुनमा हुन लागेको स्ववियु निर्वाचनमा पार्टीले अखिल (समाजवादी) लाई सहयोग गर्ने, बैंकको ब्याज न्युनतम १ अंकमा झार्ने, लघुवित्तलाई नियमन र मिटरव्याजीलाई कारबाही गर्न माग गर्ने साथै यस कार्यलाई अगाडि बढाउन पहल लिने, महान जनयुद्धमा जनमुक्ति सेनामा कार्यरत क.मोनिका सीको निवास निर्माण गर्नेसमेत निर्णय गरेको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।