
नेकपा तनहुँले जनयुद्ध दिवसको अवसरमा राजनैतिक तथा वैचारीक प्रशिक्षणको कार्यक्रम सम्पन्न गरेको छ। यस कार्यक्रममा पार्टीका नेताहरू र कार्यकर्ताहरूलाई जनयुद्धका ऐतिहासिक उपलब्धिहरूको संरक्षण र नेपाली बिशेषताको समाजवादका लागि प्रेरणादायक सोच विकसित गर्ने उदेश्यका साथ गहन प्रशिक्षण दिइएको थियो ।
मुख्य अतिथीको रूपमा उपस्थित भएकी नेकपाका स्थायी कमिटी सदस्य तथा गण्डकी प्रदेश इन्चार्ज शिलु सी ले नेपाली बिशेषताको समाजवादको यात्रामा अगाडी बढ्न सबैलाई आव्हान गर्दै “एकिकृत जनक्रान्ती नै समाजवादको आधार हो”भएको संदेश दिनुभएको थियो । उहाँले जनयुद्धको चर्चामा विशेष जोड दिँदै यस आन्दोलनका उपलब्धिहरूलाई जोगाइ राख्न र भविष्यमा तिनको संरक्षणका लागि संगठन र नेताहरूको एकता र प्रतिबद्धता आवश्यक रहेकोमा प्रकाश पार्नुभयो । आजको सङ्घीयता, समावेशिता, लोकतन्त्रको मुख्य जग जनयुद्द रहेको बताउदै कसैले जनयुद्दलाई मान्ने या नमान्ने भन्ने कुरा मुख्य नभैइ जनयुद्दलाई जनताले मानेको तथ्य स्पष्ट रहेको बताउनुभएको थियो । जनयुद्दका सहिद, घाईते, बेपत्ता योद्दालाई स्मरण गर्दै सहिद परिवारका सपना अझै पूरा हुन नसकेको पनि बताउनुभयो ।
साथै, अतिथि नेकपाका केन्द्रीय सदस्य निशान सी ले पनि जनयुद्धको स्मरण गर्दै सहभागीहरूलाई शुभकामना व्यक्त गर्नुभयो । उहाँले पार्टीका इतिहास र जनयुद्धका बलिदानीहरूको महत्त्वलाई उजागर गर्दै, आगामी दिनहरूमा अझ सुदृढ संगठनात्मक मार्गदर्शन र रणनीति निर्माणको आवश्यकता र चुनौतीमाथि जोड दिनुभयो ।
नेतृ शिलुले पार्टीका नेता र कार्यकर्ताहरूलाई विशेष राजनैतिक तथा वैचारीक प्रशिक्षण दिनुभएको थियो । प्रशिक्षणमार्फत नेताहरूलाई जनयुद्धका आदर्शहरू, संघर्षका प्रेरणा र समाजवादी विचारधाराका सिद्धान्तहरूमा आधारित रही गहन छलफल गरिएको थियो ।
यस कार्यक्रमले नेकपाको जनयुद्धको ऐतिहासिक विरासतलाई पुनः सम्झना गराउँदै, अबको यात्रा नेपाली बिशेषताको समाजवादको रहेको स्पष्ट पारेको थियो ।