२६ फाल्गुन २०८१, सोमबार

माओवादीहरुको एकता दलाल पुँजीवादकाे संरक्षणका लागि नभई समाजवादका लागि हुनुपर्छ : भरत सी

0

कालिकोट । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले नेकपाका महासचिव विप्लव र माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड तयार हुने हो भने कसैले चाहेर पनि माओवादी एकता नरोकिने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी रास्कोट नगर कमिटीले सहिद सप्ताहको अवसरमा रास्कोटको आरसीपी बजारमा बुधबार आयोजना गरेको सहिद परिवार तथा बेपत्ता परिवारको अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै स्थायी समिति सदस्य भरत सीले विप्लव र प्रचण्ड तयार हुने हो भने कसैले चाहेर पनि माओवादी एकता नरोकिने बताएका हुन् ।
न्ह कालिकोट जिल्ला माओवादी एकताको अग्रमोर्चा हुनुपर्नेमा कतिपय माओवादीहरु एकता विरोधी जस्तो देखिएको टिप्पणी गरे ।
स्थायी समिति सदस्य भरतले भने,‘कालिकोटमा धेरै माओवादी बिग्रिएका छैनन् । केही थोरै मान्छे बिग्रिएका छन् । तर ती अति बिग्रिएका छन् । तिनै माओवादी एकता विरोधी जस्तै देखिएका छन् ।’
उनले कतिपय कालिकोटका माओवादीहरु रात दिन प्राथना गरेर माओवादी एकता नहोस् भन्नेतिर देखिएको टिप्पणी गरे । ‘तर रात दिन प्राथाना गरेपनि माओवादी एकता विप्लव र प्रचण्डले चाहने हो भने कसैले चाहेर पनि रोकिदैन’ नेता भरत सीले भने ।
उनले माओवादीहरुको एकता भ्रष्टाचार दलाल पुँजीवादकाे संरक्षणका लागि नभई समाजवादका लागि हुने बताए । उनले देशमा दलाल पुँजीवादको समस्या मुख्य भएकाले यो व्यवस्थाबाट सहिदहरुको सपना कुनै पनि हालतमा पूरा नहुने बताए ।
उनले भने, यहाँ दलाल पुँजीवादको समस्या छ, दलाल पुँजीवादी संविधान व्यवस्था हटाऔँ भन्दा र भ्रष्ट एनसीएलमाथि कार्वाही गर्दा प्रतिबन्ध केपी प्रचण्डले लगाए । आज हामीले भनेकै ठाउँमा सबै पुगेका छन् । हामीले कुनै माफी नै माग्ने काम गरेका छैनौँ । माफी जनतालाई झुट्टा बोल्नेले माग्नु पर्छ ।
नेता भरतले जनयुद्ध र सहिद बेपत्ताहरुको लक्ष्य उद्देश्य पूरा नभएको जिकिर गर्दै सबैले एकीकृत जनक्रान्तिको बाटोबाट लक्ष्य उद्देश्यहरु पूरा गर्नुपर्ने भनाई राखे ।
कार्यक्रममा स्थायी समिति सदस्य भरतले सहिद परिवारलाई दोसल्लाह ओढाएर सम्मान गर्दै दाँते ओखरका विरुवा हस्तान्तरण गरेका थिए । नेकपा उत्पादन क्रान्तिमा लागेकाले सहिद सप्ताहको अवसरमा सहिद परिवारलाई ओखरको विरुवा हस्तान्तरण गरेको नेकपाले बताएको छ ।
कार्यक्रममा नेकपाका जिल्ला इन्चार्ज विवेक सीले सहिदको सपना पूरा गर्ने सबै भन्दा बढी दायित्व सहिद परिवारको भएको बताए । उनले सहिद परिवारले पार्टी र नेतालाई सहि सुझाव दिनु पर्ने बताए ।
कार्यक्रममा युवा संगठन नेपालका केन्द्रीय अध्यक्ष दिनेश सीले सम्वोधन गर्दै जनयुद्धमा प्रचण्डले गरेको धोकाका कारण सहिदहरुको सपना पूरा नभएको बताए ।
उनले माओवादी केन्द्र सत्तामा गएर महलमा पुगेको र नेकपाले जनताको क्रान्ति पूरा गर्ने कुरा उठाउदा प्रतिबन्ध लगाई जेल पठाएको टिप्पणी गरे ।
नेकपाका केन्द्रीय सल्लाहकार समिति सदस्य समग्र सी र जनपत्रकार संगठन नेपालका केन्द्रीय सचिव वसन्त विकले सहिदहरुको सपना अझै पूरा नभएको धारणा राखे ।
उनीहरुले क्रान्ति छोड्ने र जनतालाई लुटनेहरुले माओवादी एकता विरोधी कुरा गरिरहेको दाबी गरे ।
सहिद भाई नयाँ तिरुवा, सहिद कल्पनाको बुवा कालि बहादुर शाहीले माओवादीले झुट्टा बोल्न नहुने र जनतालाई भनेको काम गर्नु पर्ने सुझाव दिए । उनीहरुले सहिदको सपना पूरा गर्न माओवादीहरुको रुपान्तरणसहित एकता गर्नुपर्ने पनि बताए ।
नेकपा रास्कोट नगर कमिटीका इन्चार्ज निर्देशन सीको अध्यक्षतामा भएको कार्यक्रमको संचालन संजय सीले गरेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।