२६ फाल्गुन २०८१, सोमबार

परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको छ : प्रकाण्ड सी

0

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड सीले विगतमा जनताले गरेको परिवर्तनलाई खोस्ने षड्यन्त्र भइरहेको बताएका छने । काठमाडौंमा एक कम्पनीको उद्घाटनका क्रममा प्रमुख अतिथिको रुपमा बोल्दै उनले सो कुरा बताएका हुन् ।

बाफलस्थित पीबी कन्स्ट्रक्सन एन्ड डेकोर प्रालिको कार्यालय स्थापना कार्यक्रममा बोल्दै उनले देशी-विदेशी जनविरोधी तत्वहरुबाट षड्यन्त्र भइरहेको स्पष्ट पारे । देशलाई मुक्त गर्न र समृद्धिलाई रोक्न कसैले नसक्ने समेत उनले ठोकुवा गरे ।

नेपाली जनताले अहिलेसम्म अरु शासकहरुको लागि संघर्ष गर्दै आएको र अब आफ्नो निम्ति आफैले गर्ने वातावरण बनाउनुपर्नेमा उनले जोड दिए । आफ्नो पार्टीले देशको आर्थिक, राजनीतिक, साँस्कृतिक र राष्ट्रिय स्वाधीनताको विषयमा नयाँ ढंगले सोंचिरहेकोले एकपटक साथ दिनका निम्ति सबैलाई आग्रह समेत उनले गरे ।

कम्पनीलाई शुभकामना दिँदै आफ्नो पार्टीले उक्त व्यवसायमा सक्दो सहयोग गर्ने समेत उनले प्रतिबद्धता व्यक्त गरे । उनले रिबन काटेर एवम् ब्यानर खोलेर कम्पनीको कार्यालयको उद्घाटन गरेका हुन् ।

कार्यक्रममा श्रमिक समुदाय मोर्चा नेपालका केन्द्रीय अध्यक्ष रामलाल सीले नेपालमा थ्री डि सिस्टमको डेकोरेशन प्रविधिको व्यवसाय सुरुवात गरेकोमा कम्पनीको सह्राना गर्दै शुभकामना दिएका छन् ।

त्यसैगरी पर्यटन व्यवसायी दामोदर घिमिरेले व्यवसायलाई नेटवर्क सिष्टमबाट समेत अगाडि बढाउनुपर्नेमा जोड दिए । सहकारी व्यवसायी नवराज रिजालले नयाँ प्रविधिको डेकोरेसन पद्धतिको व्यापार विकास गर्नका लागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कैलाश पारखी चेयरम्यान रहेको कम्पनीमा सहवीर बि. के. तिरुवा, ओमप्रकाश यादव, दिपक सुनार, हिमालय चन्द लगायत सञ्चालकहरु रहेका छन् । इन्डियामा थ्री डी डेकोर प्रविधि केही वर्षदेखि प्रचलनमा रहेपनि नेपालमा पहिलोपटक आफ्नो टिमले सञ्चालनमा ल्याउन खोजेको कुरा कम्पनीले जानकारी दिएको छ । अन्य डेकोरिङ्ग सिस्टमकै मूल्यमा सेवा दिनका निम्ति कम्पनीले प्रयास गरिरहेको बताएको छ ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।