२६ फाल्गुन २०८१, सोमबार

इण्डो- नेपाल टि-ट्वान्टी क्रिकेट : भद्रपुरलाई हराउँदै झापा सेमिफाइनल प्रवेश

0

मेचीनगर । झापाको मेचीनगर -४ बाहुणडाँगी स्थित सरस्वती माविको खेल मैदानमा जारी इण्डो-नेपाल टि-ट्वान्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको खेलमा बल ब्लास्टर भद्रपुरलाई ७ विकेटले हराउँदै झापा क्रिकेट क्लब सेमिफाइनल प्रवेश गरेको छ।

टस हारेर व्याटिङको निम्तो पाएको भद्रपुरले १३ ओभरमा सबै विकेट गुमाउँदै मात्रै ६९ रन बनाएको थियोे । भद्रपुरका लागि सुमिरन राइले सर्वाधिक ११ बलमा २२ रन बनाए। त्यस्तै मनिष कर्माकारले ७ बलमा १८ तथा विष्णु कामतिले १२ बलमा१५ रन बनाएका थिए । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन नसक्दा टिम भद्रपुर ६९ रनमै समेटिएको थियोे ।

बलिङतर्फ झापाका लागि विक्रम यादवले सर्वाधिक ४ विकेट लिए। त्यस्तै प्रविण राइले २ विकेट हात पारे भने अर्पण कोइराला, दिपेन राजवंशी र सुविन राइले समान १-१ विकेट हात पारे ।

७० रनको विजयी लक्ष्य पछ्याउने क्रममा झापाले ११.२ ओभरमा ३ विकेट गुमाउँदै जित निकाल्न सफल भयो । झापाका लागि एलिस मण्डलले १८ बलमा २८ रन बनाए भने अनुप श्रेष्ठले २८ बलमा २६ रन तथा विशाल पौडेलले ३ बलमा १३ रन बनाएका थिए।

यता बलिङतर्फ भद्रपुरका अर्जुन यादवले २ तथा दिपेश कामतिले १ विकेट हात पारे।

प्रतियोगिताको म्यान अफ द म्याच झापाका विक्रम यादव घोषित भए । उनले ४ विकेट लिएका थिए। उनले नगद १ हजार र मायाको चिनो प्राप्त गरे।

फागुन २१ गतेबाट शुरु भएको प्रतियोगिताको फाइनल खेल चैत ४ गते सम्पन्न हुनेछ । प्रतियोगिताको विजेता टिमले नगद रु ५० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ भने उपविजेता टिमले नगद रु ३० हजार सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ। प्रतियोगिताको मुख्य उद्देश्य बाहुणडाँगीमा क्रिकेट एकेडेमी सञ्चालन गर्ने रहेको आयोजक बाहुणडाँगी युवा क्लबले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।