१८ बैशाख २०८१, मंगलवार

अध्यादेश राेक्ने षडयन्त्रका विरुद्व १ घण्टा देश ठप्प पार्छाैं : रत्न सि

0

प्यूठान: नेपाल कम्यूनिष्ट पार्टी केन्द्रीय प्रतिनिधि सदस्य रत्न बहादुर सी (सुर्यप्रकाश) ले पार्टीकाे तीन बुँदे सहमतिलाई कार्यान्वयनका लागि ल्याइएकाे अध्यादेश राेक्ने सत्ताकाे षडयन्त्र भएकाे बताएका छन् । पार्टीकाे केन्द्रीय कार्यक्रम अनुसार नेकपा प्यूठानले बिजुवारमा आयाेजना गरेकाे तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएकाे अध्यादेश राेक्ने दलाल र साम्राज्यवादी षडयन्त्रका विरुद्व विराेध प्रदर्शन सभामा उनले यस्ताे कुरा बताएका हुन् ।
सभालाई सम्बाेधन गर्दै नेता रत्न सी ले नेकपा र सरकार बिच भएकाे तीन बुँदे सहमति आफ्नाे पार्टीले अक्षरश: पालना गरेकाे तर सरकार विभिन्न षडयन्त्र गर्दै सहमति कार्यान्वयन नगर्ने दिशातिर अगाडि बढिरहेकाे बताए । सहमति कार्यान्वयन गर्नका लागि अध्यादेश जारी गरे पनि दलाल साम्राज्यवादी एजेन्टहरु विभिन्न षडयन्त्र गर्दै राेक्ने प्रयास भइरहेकाेले हामी सिंगाे देश ठप्प पारेर भएपनि दबाब सिर्जना गर्ने उनले बताए ।
नेकपा र नेपाल सरकार बिच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएकाे पनि अब आउने फाल्गुन २१ गते २ वर्ष पुग्दैछ । राष्ट्रिय स्वाधिनता, जनजीविका, स्वतन्त्रताकाे पक्षमा तथा भ्रष्टाचार र अनियमितताका विरुद्व संघर्ष गर्दै गर्दा आस्थामाथिकाे प्रतिबन्धमा परी विभिन्न झुट्टा मुद्दासहित अझै पनि देशभर झण्डै १४ सय नेता कार्यकर्ता जेल, हिरासत रहेकाे नेता रत्न सी ले बताए ।
तीन बुँदे सहमति कार्यान्वयन गर्न ल्याइएकाे अध्यादेश विरुद्व भैरहेकाे दलाल साम्राज्यवादी षडयन्त्रका विरुद्व नेकपाले पाैष ५ गतेसम्म देशभर विभिन्न संघर्षका कार्यक्रमहरु समेत घाेषणा गरिसकेकाे नेकपा प्यूठानका सेक्रेटरी परिवर्तन सी ले जानकारी दिएका छन् । संघर्षका कार्यक्रमहरुमा पाैष १ गते आज देशभर विराेध प्रदर्शन, पाैष २ गते काेण सभा , पाैष ३ जिल्ला सदरमुकामहरुमा अन्तरक्रिया , पाैष ४ गते साँझ मशाल जुलुस र पाैष ५ गते बिहान १० बजेदेखि ११ बजेसम्म चक्काजाम गर्ने कार्यक्रम रहेकाे सेक्रेटरी परिर्वतनले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।