२६ बैशाख २०८१, बुधबार

दिवंगत आमाको नाममा राहत वितरण, १६ गते विप्लवको उपस्थितिमा शोकसभा हुने

0

काठमाडौं: दिवंगत आमा टंकी कुमारी वलीको नाममा राहत वितरण कार्यक्रम सम्पन्न भएको छ । ललितपुरको गोदावरी नगरपालिका १० न्यौपाने गाउँस्थित आफ्नै निवासमै राहत वितरण भएको हो ।

राहत वितरण दुई जनालाई गरिएको थियो । क्यान्सर पीडित गोदावरी नगरपालिका १० न्यौपाने गाउँ निवासी गोमा घिमिरे र सुस्त मनस्थिति, अपांग सोलुखुम्बु निवासी हाल न्यौपाने गाउँ बस्दै आएकी सुशिला परियारलाई नगत रकम पार्टीका पोलिट ब्युरो सदस्य तथा गण्डक ब्युरो इन्चार्ज आदर्श सी र केन्द्रिय सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज विपिन सीले हस्तान्तरण गरेका थिए भने केन्द्रिय सदस्य तथा काठमाडौं ३ नम्बर जिल्ला इन्चार्ज भृकुटी सीले खादा ओढाएर सम्मान गरेकी थिइन् ।

कार्यक्रमलाई ललितपुर जिल्ला सेक्रेटरी विकास सीले सन्चालन गरेका थिए ।

कार्यक्रममा बोल्ने वक्ताहरु केन्द्रिय समिति सदस्य काठमाडौं ३ नम्बर जिल्लाको इन्चार्ज भृकुटीले राहत वितरण सम्बन्धि पार्टीले लिएको नीतिबारे प्रष्ट पारेकी थिइन् । पार्टीको नीति अनुसार आज चौथो दिन राहत वितरण कार्यक्रम गरिएको उनले बताइन् ।

कार्यक्रममा प्रतिनिधि सदस्य तथा ललितपुर जिल्ला इन्चार्ज ललित सी, काठमाडौं ३ नम्बर सेक्रेटरी हिरा सी लगायत नेता-कार्यकर्ता र स्थानीयको सहभागिता रहेको थियो ।

भोलि अर्थात चैत १६ गते दिउँसो १२ बजे ललितपुर गोदावरी नगरपालिका १० न्यौपाने गाउँस्थित दिवंगत आमाको निवासमा शोकसभा कार्यक्रमको आयोजना गरिएको पोलिट ब्युरो सदस्य तथा उपत्यका ब्युरो इन्चार्ज कृति सीले जानकारी दिए ।

शोकसभा कार्यक्रममा नेकपाका महासचिव विप्लव सी उपस्थित हुने उनले जानकारी दिए । कार्यक्रममा विभिन्न पार्टीका नेता-कार्यकर्ता तथा स्थानीयहरुको सहभागिता रहने नेकपाले जनाएको छ ।  


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।