६ बैशाख २०८१, बिहीबार

जनतालाई लुट्न धर्म बनाइएको हो: भरत सी

0

कपिलबस्तु : नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले जनतालाई लुट्नका लागि धर्म बनाइएको बताएका छन् । नेकपा केन्द्रीय स्कुल तथा अनुसन्धान विभागले चलाएको केन्द्रीय राजनीति तथा वैचारिक स्कुलिङमा प्रशिक्षण दिदै प्रकृति नै सत्य कुरा भएको बताउँदै ईश्वर वा धर्म भन्ने कुरा मानिसलाई लुट्नका लागि बनाइएको बताएका हुन् ।

धर्म मानिसले बनाएको कुरा प्रमाणित भइसकेको भन्दै यसमा माक्र्सवादले पनि चिरफार गरेको बताए । धर्म र ईश्वरका बारेमा थप व्याख्या गर्दै उनले भने, ‘ईश्वरले मान्छे बनाएको होइन बरु मान्छेले ईश्वर बनाएको हो’ भनेर माक्सले उतिबेलै भन्नुभएको थियो ।’, केन्द्रीय स्कुल तथा अनुसन्धान विभाग इन्चार्ज समेत रहेका उनले भने, ‘ईश्वर वा धर्म भन्ने कुरा जनतालाई लुट्न बनाएको हो । यसको कम्युनिस्टहरुले इमान्दारिताका साथ जनतालाई बुझाउन पर्छ ।’

पछिल्लो समय क्रिश्चियन धर्म नेपालमा बिक्रिति ल्याएर आएको भन्दै यसको भण्डाफोर गर्नपर्ने बताए । ‘हामीले नेपालमा लामो समयदेखि जरा गाडेर बसेको धर्म (हिन्दु धर्म) लाई निस्तेज पार्न सकेका छैनौं । यसलाई पन्छाउन धौधौ भइरहेका बेलामा कहाँबाट क्रिश्चियन धर्म आएर बर्वाद पारिरहेको छ ।’, उनले भने, ‘यसलाई रोक्न कम्युनिस्टहरुले सकारात्मक पहल लिनुपर्छ ।’

धर्मलाई निश्तेज पार्न कम्युनिस्ट स्कुललाई बलियो बनाउनु पर्ने उनको भनाई थियो । ‘ठाउँ ठाउँमा धार्मिक स्कुलहरु चलेका छन् । उनीहरुले यसलाई व्यापक प्रचार गरिरहेका छन् । अझ क्रिश्चियनहरु त एनजीओ र आईएनजीओको मार्फतबाट छिरेका छन् ।’, प्रशिक्षण दिदै उनले भने, ‘यसलाई रोक्न कम्युनिस्ट स्कुललाई प्रभावकारी बनाउनु पर्छ । धर्म प्रचारहरुलाई रोक्नुपर्छ ।’

नेकपा पोलिटब्युरो सदस्य धुर्ब सीले कम्युनिस्टहरुले धर्म मान्न नपाइने बताए । ‘कम्युनिस्टले धर्म मान्न पाइन्न । हाम्रो मुख्य राष्ट्रिय स्वाधिनताको प्रश्न हो, बर्गिय मुक्तिको सवाल हो । यहाँ आएपछि (नेकपाको सदस्यता लिएपछि) धर्म भन्ने केही पनि हुँदैन ।’, अर्थराजनीति अन्तरगतको कक्षामा उनले भने, ‘पार्टीका नेता कार्यकताले धर्म नमानेपनि जनता भने धर्म मान्न वा नमान्न स्वतन्त्र हुन्छन् । त्यसमा हस्तक्षप हुँदैन् ।’ उनले दलाल तथा नोकरसाही पुँजीवाद र यसका विशेषताहरु र समाजवादी व्यवस्थामा वैदेशिक सहायता सम्बन्धी दृष्टिकोणका विषयमा प्रशिक्षण दिएका थिए ।

आजको कक्षामा नेकपा पोलिटब्युरो सदस्य असल सी, केन्द्रीय सदस्यहरु प्रयास सी र तीर्थ सीले वैज्ञानिक समाजवादका कक्षाहरु लिएका थिए । स्कुलको अन्तिम कक्षामा ब्लक निर्माण, तरकारी गोडमेल र कार्यालयको भवन सरसफाई गरि श्रम गरेर सम्पन्न भएको थियो ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।