१६ चैत्र २०८०, शुक्रबार

अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्कीको अध्यक्षमा दिपा लामा

0

कास्की / अखिल नेपाल महिला संघ क्रान्तिकारी कास्कीको अध्यक्षमा दिपा लामा चयन भएकी छन।
शुक्रवार कास्कीको पोखरामा २२ औं जेलब्रेक दिवसको सन्दर्भमा आयोजित भेलाद्वारा दिपा सी सहित १९ सदस्यीय जिल्ला समिति चयन गरिएको हो।

भेलालाई सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि नेकपा राजनीतिक व्युरो सदस्य तथा पश्चिम गण्डक व्युरो इन्चार्ज राजन सीले २०५७ चैत्र १७ मा गोरखामा भएको जेलब्रेकले नेपाली महिलाहरुको भूमिका जनयुद्धमा कस्तो थियो भन्ने कुराको प्रदर्शन गरेको बताए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कास्की जिल्ला इन्चार्ज उभार, जिल्ला सेक्रेटरी काजी, युवा संगठनका गण्डक व्युरो इन्चार्ज युवराज, जिल्लका नेताहरु कमल, खुशीमान र अमृतले शुभकामना मन्तव्य राखेका थिए । सोममायाले प्यानल प्रस्ताव पेश गरेकी थिइन भने सुमिताले बधाई मन्तव्य राखेका थिए ।

प्रथम भेलाले संगठनको अध्यक्षमा दिपा लामा, उपाध्यक्षमा पुर्णा खड्का, सचिवमा चन्द्राकला पौडेल, सह—सचिवमा रुपा परियार र कोषाध्यक्षमा मिना विश्वकर्मासहित १९ सदस्यीय जिल्ला समिति निर्वाचित गरेको छ । दिपाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सञ्चालन चन्द्रकलाले गरेकी थिइन् भने कमरेड मिनाले स्वागत मन्तव्य राखेका थिइन् ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।