४ बैशाख २०८१, मंगलवार

सी जातिको अवधारणा विषयक विचार गोष्ठी काठमाडौमा हुँदै

0

काठमाडौ /नेपाली समाजमा विद्यमान जात व्यवस्था र त्यसद्वारा उत्पन्न विभेद एवम् छुवाछूत जस्तो निकृस्ट व्यवस्थाबाट मुक्ति प्राप्त गर्न नयाँ साम्यवादी जातिको रुपमा अधि सारिएको सी जातिको अवधारणाबारे बिचार गोस्टी हुने भएको छ।समाजलाई जातव्यवस्थाको पीडाबाट उन्मुक्त गर्ने उदेश्य सहित विकल्पको रुपमा प्रस्तुत अवधारणाबारे बिमर्श गर्न नेपाल कम्युनिस्ट पार्टी समर्थित श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रिय समितिले बिचार गोस्टी आयोजना गर्न लागेको हो।

चैत २१ गते दिउँसो १२ बजे काठमाडौको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा हुने गोस्टीलाई नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले प्रमुख वक्ताको रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।

विचार गोस्टीमा मोर्चाको अध्यक्ष रामलाल सीद्वारा अवधारणा पत्र प्रस्तुत हुने र उक्त अवधारणा पत्रमा पूर्व सभासद सन्तोष सी, लेखक – कमला हेमचुरी, मानवशास्त्री डा. श्यामु थापामगर, प्राध्यापक अबदुल सलाम खान, दर्शनशास्त्री डा. खगेन्द्र प्रसाइ, पूर्वराजदूत डा. निर्मल कुमार बिक. र लेखक- तुलनारायण शाहले टिप्पणी गर्ने कार्यतालिका रहेको रामलाल सीले जनपत्रीका डटकमलाई जानकारी दिएका छन।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।