७ बैशाख २०८१, शुक्रबार

वैचारिक हतियारलाई धारिलो बनाएका छौं, यसले दलाल पुँजीवादलाई काट्न सहयोग गर्नेछ : भरत सी

0

कपिलवस्तुः नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य भरत सीले वैचारिक हतियारलाई धारिलो बनाएको बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीले आफ्नो वैचारिक हतियारलाई धारिलो बनाएको भन्दै यसले दलाल पुँजीवादलाई अन्त्य गर्ने बताएका हुन् ।
नेकपा केन्द्रीय राजनीतिक तथा वैचारिक स्कुलिङको समापन समारोहलाई सम्बोधन गर्दै उनले दलाल पुँजीवादको अन्त्य गर्ने पार्टी नै नेपाल कम्युनिस्ट पार्टी भएको बताए । ‘वैचारिक हतियारलाई धारिलो बनाएका छौँ । यसले दलाल पुँजीवादलाई काट्छ, जनताका दुःखलाई काट्छ, समस्यालाई काट्ने हतियारको काम गर्छ ।’, राजनीतिक तथा वैचारिक स्कुलिङ इन्चार्ज समेत रहेका भरत सीले भने, ‘यो धारिलो हतियारले दलाल संसदीय व्यवस्थालाई ढाल्छ । दलाल पुँजीवादलाई ढाल्ने नेकपाले नै हो ।’
दलाल पुँजीवादले व्यवस्था निकै खराब व्यवस्था भएको उनको भनाई थियो । ‘दलाल पुँजीवाद खराब व्यवस्था हो । खराब व्यवस्थालाई फालेर नयाँ व्यवस्था ल्याउन यो स्कुलले महत्वपूर्ण भूमिका खेल्नेछ ।’, स्कुलका प्रशिक्षार्थीलाई शुभकामना दिदै उनले भने, ‘हामीले दर्शनमा, राजनीतिक अर्थशास्त्रमा र वैचारिक समाजवादमा नयाँ विकास गरेका छौँ । यसलाई जनतामा पु¥याउने अभिभारा तपाईंहरुको काँधमा आएको छ । त्यही भएर तपाईँहरु फिल्डमा गएर खट्नुहोस् । गरे हुन्छ । नगरे केही पनि हुँदैन । त्यसैले तपाईँ गर्नुहोस् ।’
नेकपा पोलिटव्युरो सदस्य धु्रब सीले एकीकृत जनक्रान्तिको कार्यदिशालाई एकरुपतामा बुझ्न स्कुलले महत्वपूर्ण भूमिका खेलेको बताए । यो स्कुलले श्रमप्रति सम्मान गर्ने, श्रम गर्ने व्यववहारको विकास गरेको जिकिर गरे । स्कुल विभाग प्रमुख समेत रहेका उनले स्कुलबाट फर्किएका प्रशिक्षार्थीहरुले आफू रुपान्तरण भएको सन्देश दिन सके स्कुलको सफलता हुने बताए । ‘हामी व्युरोमार्फत तपाईंहरुको बारेमा रिपोर्ट लिन्छौं । तपाईंहरुले आफू रुपान्तरण भएको प्रमाणिति गर्नुहोस् ।’, उनले भने, ‘स्कुलबाट फर्किएको विद्यार्थीले आफूलाई प्रमाणित नगरी सुख छैन् ।’
समापन कार्यक्रममा नेकपा पोलिट व्युरो सदस्य तथा पश्चिम लुम्बिनी व्युरो इन्चार्ज सन्जीव सीले जिज्ञासा सुझावले पार्टीलाई सुध्रिन मद्यत गर्ने भन्दै प्रशिक्षार्थीले राखेका सुझावको स्वागत गरेका थिए । प्रशिक्षकको तर्फबाट नेकपा केन्द्रीय सदस्य तीर्थ सीले आफूले सिकेका कुराहरु स्कुलमा आएर सिकाउन पाउँदा खुशी लागेको बताए । ‘म पहिलो पटक यो स्कुलिङमा सहभागी भएको हुँ । पहिलो पटक पनि तपाईंले राम्रो मानिदिनु भएकोमा धन्यवाद ।’, उनले भने, ‘मलाई पनि यसले धेरै कुरा सिकाएको छ ।’
कार्यक्रममा प्रशिक्षार्थीको तर्फबाट ५ वटा गु्रप लिडरहरुले विभाग र स्कुललाई सुझाव दिएका थिए । उनीहरुले व्यवस्थित पाठ्यपुस्तक हुनपर्ने, मुल्याङ्कन पद्धतीको विकास गर्न पर्ने बताएको थिए । कार्यक्रममा समूक (क) बाट सुनीता सी, (ख) बाट अटल सी, (ग) बाट सरिता सी, (घ) बाट शोभराज बराल र (ङ)बाट क्रान्ति सीले प्रशिक्षणका अनुभव तथा सुझावहरु राखेका थिए ।

कार्यक्रममा नेकपा केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज हेमन्त सीले सी भान्साको खानालाई रुचाइ दिएकोमा धन्यवाद दिएका थिए । कार्यक्रमको अध्यक्षता ध्रुव सीले गरेका थिए भने कार्यक्रमको संचालन प्रयास सीले गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।