
कञ्चनपुर : नेपाल कम्युनिस्ट पार्टी कञ्चनपुरले जिल्ला भित्र भएको मीटर ब्याजिको अवैध धन्दा, लघवित्तको उत्पीडन र बैंकको चर्को ब्याजदर नियन्त्रण गर्न संघर्ष गर्ने बताएको छ ।
नेकपा कञ्चनपुर जिल्ला इन्चार्ज विराट सी र जिल्ला सेक्रेटरी दिवार सीले मंगलबार एक विज्ञप्ति जारी गर्दै लघुवित्त तथा बैंकका कर्मचारीले किस्ता उठाउने नाममा जबरजस्ती गरेर जनतालाई निरुत्साहित र आत्महत्या गर्न बाध्य बनाइरहेको हुँदा यस्तो ज्यादती नरोकिँदासम्म आन्दोलन निरन्तर रहने विज्ञप्तिमा उल्लेख गरेका छन् ।
जिल्ला प्रशासन कार्यालयमा आफ्नो पार्टीले जनताका मागहरु लिएर बुझाउँदा त्यसको पनि ध्यानाकर्षण नभएको र प्रशासन पनि माफियासँग मिलेको नेकपाको आरोप छ ।
चैत्र १९ गते राति नेपाल भारत नाका गड्डाचौकीमा चार जना नेपाली नागरिक भीमदत्त नगरपालिका वडा नं. १० बस्ने सुरेन्द्र कार्की, रमेश गिरी, रतन ठकुराठी, गोविन्द जैसी लगायतलाई भारतीय एस.एस.बी. द्वारा भएको निर्घात कुटपिटप्रति पनि थप गम्भीर ध्यानाकर्षण भएको जनाउँदै नेकपाले आपत्ति जनाएको छ ।
विज्ञप्तिकाे पूरा पाठ-