१३ बैशाख २०८१, बिहीबार

सी जातिको अवधारणा गुरु नानक र बुद्धपछिको पहिलो कदम: पुर्वराजदुत बिश्वकर्मा

0

काठमाडौ / दक्षिण अफ्रिकाका लागि  नेपाली पुर्वराजदुत एवम् अन्तरास्ट्रिय व्यापार तथा खाद्य सुरक्षा बिज्ञ डा निर्मल कुमार बिश्वकर्माले हिन्दु ब्राह्मणबादी जातव्यवस्थाका कारण उत्पन्न सामाजिक साँस्कृतिक समस्याहरु र यसबाट मुक्ति तथा निकासको विकल्पको रूपमा सी जातिको अवधारणा आउनु भनेको गुरु नानक र गौतम बुद्ध पछिको पहिलो कदम भएको टिप्पणी गरेका छन। मङ्गलबार काठमाडौको कमलादीस्थित प्रज्ञाभवनमा आयोजित सी जातिको अवधारणा बिषयक बिचार गोष्टीमा मन्तव्य राख्ने क्रममा पुर्वराजदुत बिश्वकर्माले यस्तो टिप्पणी गरेका हुन।

श्रमिक समुदाय मोर्चा नेपाल केन्द्रिय समितिद्वारा आयोजित गोष्टीमा धारणा राख्ने क्रममा उनले आजको दिन यस्तो दिन हो जसलाई मानव सभ्यताको पछिल्ला ४ /५ हजार बर्षको इतिहासमा यो महत्त्वपूर्ण शुरुवात हो,यस्तो शुरुआत इतिहासमा गुरु नानक र बुद्दले गरेका थिए तर अहिले नेपाल कम्युनिस्ट पार्टीको मुख्य नेतृत्व र राजनीतिक तहबाटै यसको प्रारम्भ भएको छ त्यसका लागि नेकपालाई धन्यवाद दिन्छु भन्दै दक्षिण एशियामा जात व्यवस्था स्थापित गर्न ११ सय वर्ष लागेको र दक्षिण एशियामा श्रम बिभाजनले जात बिभाजन गरेको नभैइ जात व्यवस्थाले श्रम बिभाजन गरेको बताए।

नेपालमा जातव्यवस्थाका कारण दलित लगाएत सबै जात- जाति र समुदाय बिभाजित, पीडित र समस्यामा रहेको बेला नेपाल कम्युनिस्ट पार्टीले वर्गसंघर्स सङ्गसङ्गै जात व्यवस्थाको अन्त्य र नयाँ सभ्यताको रूपमा सी जातिको अवधारणालाई नवौं महाधिवेशनबाट पारित गरेपछि यसबारे विभिन्न ढङ्गले चर्चापरिचर्चा, क्रियाप्रतिकृया र जिज्ञासा पैदा भइरहेका छन ।

वर्ग र जातको बिषयमा नेपालका कम्युनिस्ट लगाएत बुद्धिजीवीहरुले गर्ने बिश्लेषण सामाजिक यथार्थ भन्दा पनि सतहि भएको र बर्गिय मुक्तिबिना जातिय मुक्ति हुँदैन भन्ने कुरा मुख्य बिषय भएपनि नेपालको सन्दर्भमा बर्ग र जातलाई कसरी जोड्ने भन्ने सवाल अझै स्पस्ट हुन नसकेको डा निर्मल कुमार बिश्वकर्माको भनाई थियो।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।