११ बैशाख २०८१, मंगलवार

सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद आयो – दिर्घ सी

0

काठमाडौँ  – राष्ट्रिय बामपन्थी मञ्चका अध्यक्ष दीर्घ सीले नेपालमा सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद स्थापना भएको बताएका छन् । समाजवादी देशभक्त मोर्चाको आयोजनामा लघुवित्त, मिटरर्व्याजी र महङ्गीका विरुद्ध भएको जनप्रदर्शन पछिको कोणसभामा उनले यस्तो कुरा बताएका हुन् ।

नेपाल कम्युनिष्ट पार्टीका सल्लाहकार समिति अध्यक्षसमेत रहेका नेता दिर्घ सीले जनताले गरेको व्यवस्था परिवर्तनको आन्दोलनमा जनता लडेपनि सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद स्थापना भएको जिकिर गरे । नेपाली कम्युनिष्ट आन्दोलनको स्मरण गर्दै व्यवस्था परिवर्तनको आन्दोलनमा लड्दा, जनता लडेपनि सामन्तवाद र साम्राज्यवादको मिलेमतोमा दलाल पूँजीवाद स्थापना भएको उनको भनाई थियो ।

शुक्रबार समाजवादी देशभक्त मोर्चाको आयोजनामा लघुवित्त, मिटरर्व्याजी र महङ्गीका विरुद्ध भएको जनप्रदर्शन कार्यक्रममा प्रमुख वक्ताको रुपमा सम्बोधन गर्दै उनले वर्तमान समयमा देशमा आएको सबै समस्याको मुल कारण अहिलेको दलाल पूँजीवादी संसदीय व्यवस्था रहेको भन्दै यसको अन्त्य जरुरी रहेको दाबी गरे ।

दलाल पूँजीवादी संसदीय व्यवस्थले श्रमजीवी जनतालाई महङ्गी र चर्को ब्याजदरले चरमरूपमा शोषण गरिरहेको छ, यसबाट मुक्त हुन जनताले विद्रोह गर्नुपर्ने उनले बताए । सबै देशभक्त नेपाली जनताहरुलाई राज्यका सबैखाले दमन शोषणका विरुद्ध संघर्ष गर्न एकीकृत जनक्रान्तिमा गोलवन्द हुन उनको आग्रह थियो ।

सुनधाराबाट सुरु भएको बिरोध कार्यक्रम भोटाहिटी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । मिटरब्याजी र महङ्गीका विरुद्ध समाजवादी देशभक्त मोर्चाको आयोजनामा भएको सो कार्यक्रमा नेपाल कम्युनिष्ट पार्टीका सचिवालय सदस्य अर्जुन क्षेत्री र अखिल क्रान्तिकारीका संयोजक कपिल सिजापतिले समेत आफ्नो धारणा राखेका थिए । कार्यक्रमको सञ्चालन अखिल (क्रान्तिकारी) का केन्द्रिय उपाध्यक्ष नरेन्द्र सीले गरेका थिए।


प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।