![](https://janapatrika.com/wp-content/uploads/2023/04/received_750074236502137.jpeg)
काठमाडौं: नेपाल कम्युनिस्ट पार्टीका पोलिट ब्युरो सदस्य आदर्श सीले दिवंगत आमा टंकी कुमारी वलीप्रति श्रदान्जली दिएर सहानुभूति प्रकट गर्नुहुने प्रति धन्यवाद ज्ञापन गरेका छन् । उनले परिवारमा परेको दुखद घडीमा सहानुभूति तथा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका हुन ।
उनले धन्यवाद ज्ञापन पत्रमा भनेका छन, ‘देश-विदेशबाट समवेदना पत्रहरु पठाएर वा सामाजिक संजालमार्फत, विज्ञप्तिमार्फत र फोनमार्फत श्रद्धाञ्जली तथा समवेदना व्यक्त गरेर, हाम्रो परिवारप्रति सहानुभूति प्रकट गर्नुहुने नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय कार्यलय, उपत्यका ब्युरो, ललितपुर, भक्तपुर, काठमाडौं लगायतका सम्पूर्ण जिल्लाहरु, सम्पूर्ण पार्टीपंति, अन्य विभिन्न राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु, आफन्तजन, शुभ चिन्तक, बुद्दिजिबि, शिक्षक, समाजसेवी, पत्रकार लगाएत जनसमुदायहरुलाई धन्यवाद ज्ञापन गर्दछौँ ।’